जाडोमा चर्चा “घाम लाग्यो सितलु भयो डाँडैको पिपलु छायाँले”

घनश्याम पराजुली (कृष्ण) / एचकेनेपाल डट कम-
६ माघ। झम झम दर्कियो पानीको अपार सफलता पछी लोकदोहोरी क्षेत्रकी चर्चित गायिका रमिला न्यौपानेको घाम लाग्यो सितलु भयो डाँडैको पिपँलु छायाँले बजारमा आईसकेको छ।

तिर्सना म्युजिकको प्रस्तुतीमा रमिला न्यौपानेको घाम लाग्यो सितलु भयो डाँडैको पिपँलु छायाँले यतिबेला बजार तताँउदै छ। चर्चित गायक पशुपती शर्माको शब्द रहेको गीतको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन्। निर्देशक तथा मोडल शंकर बिसी, रश्मी तामाङ्ग र गायकद्वय न्यौपाने र शर्माले अभिनय गरेका छन।

भर्खर बजारमा आएको गीतमा “ किन्दीननी केही पाईएन न त फुर्सद पाएँ, सानु तिम्लाई भेट्न भनी आत्तिएर आए, आत्तिएर आए, घाम लाग्यो सितलु भयो डाँडैको पिपँलु छायाँले, किन्न केहीँ पाईएन केरे दिन्न केहीँ नभने मायाले ” , “तिमीसित टाढा हुदा कत्ति पिडा सहेछु धेरैपछि भेट्न आयौ साह्रै खुसी भैछु , साह्रै खुसी भैछु , घाम लाग्यो सितलु भयो डाँडैको पिपँलु छायाँले , किन्दिन पर्दैन केहीँनी चिन्दिन नभने मायाले ” जस्ता शब्द रहेका छन।

अहिलेको लोक दोहोरी क्षेत्रमा चिरपरिचित गायिका न्यौपानेका मैले तिम्लाई रोजिसक्याछु , आज त भेट्न आउदिन है कालु , मेड ईन नेपाल, आखाँ मारी मारी, शिवजीसँग शरणमा पर्छु, अन्तै मन भुल्ला, ओम शिव शंकर भोला, आर्शिवाद माग्छु , झम झम र्दकियो पानी लगायतका गीतले राम्रै बजार पाईसकेका छन। यतिबेला छोटो समयमा नै घाम लाग्यो सितलु भयो डाँडैको पिपँलु छायाँले चर्चा पाईसकेको छ।

देश तथा विदेशमा चर्चा कमाउन सफल न्यौपानेको यस गीतले लोकदोहोरी क्षेत्रमा नयाँ छलाङ्ग मार्दैछ। हाम्रो नेपाली समाजमा रुच्ने माया प्रेमलाई यस गीतमा समेटिएको न्यौपानेले बताउछिन्। उनी आफै पनि अभिनय गरेको म्युजिक भिडियोलाई धेरै दर्शकले रुचाएका छन। बिछोडिएका प्रेम प्रेमिकाको मिलनलाई समेटेर बनाईएको गीतमा माया प्रेमलाई विशेष प्राथमिकता दिईएको छ। पल्टनदेखि लोभ्याउदा नेपाली पोशाकमा छायाङ्कन भएको म्युजिक भिडियोलाई दर्शकहरुले रुचाएका छन। पानी विनाको माछी बन्ने प्रेममा मायाको महत्व गीतमा भेट्न सकिन्छ।

गीतले मायाको खोजीमा पानीमा रुझिँरहेका प्रेमीहरुका लागि घाम लागेर सितलो महशुस बनाउने नै छ। प्रेममा उपहार भन्दा पनि माया र सामिप्यता नै बढी प्यारो हुने नर्कान सकिन्न।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

3866