चितवन समाज युएईको दोस्रो अधिबेशन सम्पन्न

मनोज अर्याल / एचकेनेपाल डट कम –
दुबई, युएई। युएईमा छरिएर रहेका चितवनबासीलाई एकीकृत गर्दै “आपसी सहयोग र सहकार्यको मध्यम” र “हाम्रो चितवन राम्रो चितवन स्वर्ग जस्तो रमणीय चितवन” भन्ने मूल नाराका साथ युएईमा अगाडि आएको चितवन समाज युएईले छोटो अवधिमा नै आफ्नो संजाल युएईमा फैलाउन सफल भएको छ।

युएईमा छरिएर रहेका श्रमिक चितवनबासीहरुलाई एकत्र गर्दै सहयोगको उद्देश्य राख्दै स्थापना गरिएरको चितवन समाज युएईले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरि आगामी १४–१६ का लागि मित्र पाण्डेको अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ।

दुबईको अरब उडुपी रेष्टुरेनण्टमा गएको ०४ जुलाई शुक्रबारका दिन सोही संस्थाका सस्थापक अध्यक्ष अरुण सुबेदीको प्रमुख आतिथ्य, निवर्तमान अध्यक्ष श्याम पोख्रेलको अध्यक्षता, समाजसेवी र पत्रकारहरुको आतिथ्यमा चितवन समाज युएईले रात्रिभोजसहित कार्यक्रमका साथ आफ्नो दोस्रो अधिवेशन सम्पन्न गरेका छन्।

चितवन समाज युएईका सस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक अरुण सुबेदीले नवनिर्वाचित पदाधिकारीहरुको नामावली घोषणा गरेका थिए। जसमा क्रमशः यस प्रकार रहेका छन्, अध्यक्षमा मित्र पाण्डे, १.उपाध्यक्षमा अस्मिता पाण्डे, २.उपाध्यक्षमा रामु पौडेल सचिवमा जगत क्षेत्री, कोषाध्यक्षमा गणेश न्यौपाने निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरुमा अम्बिका सुबेदी खिमानन्द कंडेल, अमर गुरुङ जिबन सुबेदी रहेका छन्। सो अवसरमा आ–आफ्ना मन्तव्य तथा नयां कार्यसमितिलाई शुभकामना दिने वक्ताहरुमा गोविन्द दकाल, अरुण सुबेदी, श्याम पोख्रेल, मित्र पाण्डे रहेका थिए भने कार्यक्रममा आजीबन सदस्यलाई सम्मान पत्र अरुण सुबेदी र श्याम पोख्रेलबाट प्रदान गरिएको थियो।





Comments

comments

388