Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा झापालीको चियापान कार्यक्रम हुँदै

मिनप्रसाद उप्रेती / एचकेनेपाल डट कम –
सउल। दक्षिण कोरियामा रहेका झापालीहरुले चियापान तथा भेटघाट कार्यक्रम गर्ने भएका छन्।

झापा मिलन समाज कोरियाको आयोजनामा जुलाई १३ तारिख आइतबार कोरियाको सुवनस्थित स्वयंमु रेष्टुरेण्टमा दिनको ११ बजे उक्त कार्यक्रम गर्न लागिएको संस्थाका कार्यवाहक सचिव राजु थापाले जनाएका छन्।

कार्यक्रममा संस्थाद्धारा सञ्चालनमा रहेको पाथीभरा हाउसको व्यवस्थापन, साधारण सभाको मिति तय, नव आगन्तुकलाई स्वागत गर्ने कार्यक्रम रहेको थापाको भनाई थियो।

संस्थाद्धारा समाजिक कार्यको सहयोगार्थ कोरियामा प्रर्दशन गर्न लागिएको झोला चलचित्रको लागि व्यवस्थापन समिति निर्माण गरिने उक्त कार्यक्रममा उपस्थित हुन कोरियामा रहेका संम्पूर्ण झापालीहरुलाई संस्थाले अनुरोध गरेको छ। आवश्यक जानकारिकालागि संस्थाका पदाधिकारीलाई सम्पर्ग राख्न जनाईएको छ।





Comments

comments

393