गेसोद्वारा नेपाल-बेलायतको दौत्य सम्बन्धको शत वार्षिकी मनाउन नदिने चेतावनी

दधिराज घिमिरे / एचकेनेपाल डट कम-
रेडिङ्ग, बेलायत। भूतपूर्व गार्खा सैनिक संघ (गेसो)ले नेपाल-बेलायतको दौत्य सम्बन्ध २ सय वर्ष पुग्न लागेको उपलक्ष्यमा मनाइन लागेको दोश्रो शत वार्षिकी मनाउन नदिने चेतावनी दिएको छ। सभापति पदमबहादुर गुरूङले गेसोको रजतजयन्तीको अवसरमा उक्त चेतावनी दिएका हुन्।

गेसो सभापति तथा कार्यक्रमका प्रमुख अतिथि पदमबहादुर गुरुङले यो संगठन २५ बर्ष पुगे पनि आफ्नो आन्दोलनको इतिहास आजभन्दा ३५ बर्ष अगाडि ब्रुनाईबाट शुरू भएको बताए। गेसो आन्दोलनले नेपालमा अहिले रेमिटेन्समा ठूलो प्रभाव पारेको छ। यो आन्दोलन राष्ट्रिय आन्दोलन पनि हो, गुरूङले भने।

गेसोले भर्खरै नेपाल सरकार र बेलायती सरकारलाई २१ बुंदे माग पत्र बुझाएको र त्यो माग पत्रमा सुनुवाई नभएमा नेपाल र बेलायतबीच दौत्य संबन्ध स्थापना भएको दुई सय बर्षको उपलक्ष्यमा सन २०१६ मा हुन गई रहेको दोश्रो शत बार्षिकी मनाउन नदिने घोषणा गरे। गेसोले बृटिश गोर्खाको इतिहासलाई हजारौ बर्षसम्म रहने गरी साल्मे डाँडामा निर्माण भई रहेको स्मारकले दिने छ, सभापति गुरूङले भने। विश्वलाई थाहा हुनेछ नेपाललाई बेलायतले गरिव किन बनाएका रहेछन्? किन कि दुई सय बर्ष अगाडि हामी निकै धनि थियौं। हामीले युद्धमा चपेटिएको बिश्वलाई शान्ति दिनको लागि लडेका थियौं भन्ने सन्देश दिनेछ। साल्मे डाँडामा स्मारक निर्माणको लागि अहिलेसम्म चार करोड पच्चिस लाख उठेको जानकारी दिए।

करीव दुई सय बर्ष अगाडि बेलायतले आफ्नो साम्राज्यलाई बढाउदै गर्दा नेपालमा हमाला गर्ने क्रममा बेलायत सेनाको नराम्रो हार र बिश्व युद्धमा बलायतको हुदै गएको हारलाई बचाउन नेपाल र बेलायत सरकारबीच भएको सुगौली सन्धिले नेपाली युवालाई गार्खा भर्ति केन्द्रमार्फत बेलायती सेनामा भर्ति लिन सुरु गरेको थियो।

पहिलो र दोश्रो विश्व युद्ध र अन्य युद्धहरुमा लगभग ६० हजार नेपालीको मृत्यु भएको थियो भने थुप्रै बेपत्ता पारिएका थिए। युद्ध सकिएपछि गोर्खा सैनिकलाई खाली खुट्टा र खाली हात नेपाल फर्काएको थियो। यहि बिभेदलाई केन्द्रमा राख्दै २५ बर्ष अगाडि बर्तमान सभापति पदमबहादुर गरुङको अध्यक्षतामा गठित भूतपूर्व गार्खा सैनिक संघ (गेसो) को रजत जयन्ती मनाउन लागेको हो।

यो पच्चिस बर्षमा गेसोको आन्दोलनले गोर्खा सैनिकमा कार्यरतहरुलाई र तिनीहरुका १८ बर्ष मुनिका आश्रित छोराछोरीलाई बेलायतमा बस्न पाउने अधिकार, पन्सेनको बृद्धि जस्ता अधिकारलाई गेसो आन्दोलनको महत्वपूर्ण कार्यको रूपमा लिएको छ। यहि उपलब्धिलाई हजारौ भूतपूर्व गोर्खा सैनिकहरुको बिचमा बलायतको रेडिङ्गको रिभरमेड कम्पलेक्सको हलमा भव्य रूपमा मनाइएको हो।

कार्यक्रमलाई गेसोका केन्द्रिय सभापति पदमबहादुर गरुङ, उपसभापति किष्णकुमार राई र रेडिङ्ग ईकाइका अध्यक्ष तिलबहादुर गुरुङले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेका थिए। कार्यक्रममा गेसो रेडिङ्गका सहसचिव मान बाहादुर गुरुङले हलभित्र पर्न आउने समस्यामा समधानको बिषयमा जानकारी गराएका थिए। कार्यक्रममा यूके स्वीडेनीकी उपाध्यक्ष चन्द्रकला थेबे लिम्बुले गेसो आन्दोलनको चर्चा गरेकी थिइन्।

बेलायतमा रहेका सम्पूर्ण संघ सस्थाको तर्फबाट बोल्दै तमुधीं यूकेका अध्यक्ष कमल गुरुङले गेसो आन्दोलन पदमबहादुर गुरुङको दूरदर्शिताले सफल भएको बताए। गेसोले राम्रो कामगर्द गर्दै बेलायतका केही बदमास र फटाहाहरुले गेसो र सभापतिलाई बदनाम गर्ने भएकोले यस्ता भ्रममा नपर्न बेलायतका संघ सस्थाहरुलाई अनुरोध गरे।

कार्यक्रममा कवि दयाकृष्ण राईले कबिता मार्फत आन्दोलनको मर्म बताए। कार्यक्रमलाई गेसोका संस्थापक महासचिव तथा बर्तमान सल्लाहकार डा. चन्द्र बहादुर गुरुङले बिगतको आन्दोलन र अहिले बेलायतमा कार्यरत गोर्खा सैनिकहरुले बेलायतीसरह सुबिधा प्राप्त गर्नु गेसो आन्दोलनको उपलब्धि हुने बताए।

मन्तब्यको क्रममा गेसोका केन्द्रिय उपाध्यक्ष कृष्णकुमार राईले गेसो आन्दोलनले बेलायतमा सयौं संस्थाहरु खुले तर ती सस्थाहरुले गेसोको निमन्त्रणालाई पनि वेवस्ता गर्ने आन्दोलनका बिगतलाई भुल्ने गरेकोमा दुख ब्यक्त गरे। अहिले गेसो आन्दोलनको उपलब्धिलाई सत्यग्रह नामको कार्यले निकै क्षति पुर्याएको छ। तर पनि गेसोले आफ्नो आन्दोलनले निरन्तरता पाउने छ र थुप्रै उपलब्धि प्राप्त गर्ने छ, उनले भने।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

395