Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अन्तर्राष्ट्रिय कविता प्रतियोगिता पुरस्कारको घोषणा, राजेन्द्र तारकिणी भए प्रथम

विजय थापा / एचकेनेपाल डट कम-
आषाढ २५, भर्जिनिया। ३२ औ एएनए डिसी सम्मेलनमा एएनएन उत्तर अमेरिका साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बैतडीका राजेन्द्र तारकिणी प्रथम भएका छन्।

राजेन्द्र तारकिणी, अविरल ओझेल र फूलमान बल।

विभिन्न १९ देशका ३२९ कविहरुको प्राप्त कविता मध्ये उनको कविता सर्वोकृष्ट भएको हो। “ कविता लेख्न बस्दा “ शिर्षकको उनको कविताले प्रथम पुरस्कार स्वरूप नगद एक हजार अमेरिकी डलरसहित एनएम शुभद्रा भानुभक्त काव्य पुरस्कार पाएको छ।

अमेरिकाको वाशिंगटन डिसीमा जुलाई ४ देखि ६ सम्म चलिरहेको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को ३२ औं सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो। प्रतियोगितामा काभ्रेका अविरल ओझेलको कविता “प्रतिक्षा” ले दोश्रो पुरस्कार स्वरूप नगद तीनसय डलरसहित शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार पाएको छ।

यसैगरी प्रतियागितामा काभ्रेकै कवि फूलमान बलको कविता तृतीय भएको छ। कवि बलले नगद दुईसय अमेरिकी डलरसहित बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार प्राप्त गरेका छन्। गोवर्धन पूजाको संयोजनमा भएको उक्त प्रतियोगितामा सरुभक्त, वियोगी बुढाथोकी, विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, भीष्म उप्रेती र डा. नेत्र एटम सम्मिलित अन्तिम निर्णायक समितिले पठाएको मूल्यांकनका आधारमा निर्णय गरिएको हो।





Comments

comments

403