BREAKING: हङकङमा सामुद्रिक आँधी टाईफून सिग्नल नं. ८ जारी, सबै विद्यालयहरु बन्द… …

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ अक्टोबर। हङकङमा मंगलवार बिहान ५:४० देखि ठूलो सामुद्रिक आँधी ट्रोपिकल स्टोर्म नान्गकाका रुपामा टाईफून नं. ८ शुरु भएको हङकङ ओब्जरभेटरीले जनाएको छ।

सामुद्रिक आँधीका कारण अधिकांश मान्छेहरु घरभित्र थुनिएका छन्। स्टार फेरि सामुद्रिक बाटो, अधिकांश बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्।

आँधीबेहरीका कारण शैक्षिक ब्यूरोले दिनभर विद्यालयहरु स्थगित भएको घोषणा गरेको छ।

फाइल फोटो

कोलुन मोटर बस, सिटीबस र न्यू वर्ल्ड फर्स्ट बस कम्पनीहरूले अधिकांश बस सेवाहरू अर्को सूचना जारी नभएसम्म निलम्बित भएको जनाएका छन्।

एमटीआर कर्पोरेशनले अधिकांश लाइनका सेवा घटाएर करिब १० मिनेट अन्तरालमा रेल चलाइरहेको जनाएको छ।

पहिलो फेरी कम्पनीले बिहान ६:३० बजेपछि सामुद्रिक बाटोका फेरी सेवाहरु निलम्बन गरेको छ।

फाईल भिडियोः

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

38829