सिकाइमा अनलाइन प्रभावकारी

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ।

वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । न्यूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल्याइएको छ।

फाइल फोटो

सरकारले पनि अनलाइन माध्यमबाट हुने पठनपाठनलाई जोड दिने नीति बनाएको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने भनी घोषणा गरिएको छ । यस क्रममा इन्टरनेट सेवाको पहुँच नपुगेका विद्यालयमा इन्टरनेट सुविधा पु¥याउने कार्ययोजना तयार गरी लागू गर्ने र असोजबाट यसलाई निरन्तर सञ्चालन गरिने उल्लेख छ।

सरकारी तथ्याङ्कअनुसार हालसम्म १३ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच छ । महासङ्घका अध्यक्ष भण्डारी अब विद्यालयमा रहेको इन्टरनेटको पहुँचलाई विद्यार्थीको सिकाइ उपलब्धिसित जोड्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुुन्छ । विद्यार्थीसित इन्टरनरेटको पहुँच वृद्धिका लागि विद्यार्थीको घरसम्म इन्टरनेट पुग्नुपर्ने र कम्युटर तथा डिभाइस जरुरी हुन्छ । यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकारले वैकल्पिक विधिका माध्यमका रूपमा रेडियो र टेलिभिजनसमेत प्रयोग गरे पनि त्यसमा कति विद्यार्थी सहभागी भए, उनीहरूको सिकाइ उपलब्धि कस्तो रह्यो भन्ने बारेमा खासै केही भन्न सकिने अवस्था नरहेको जनाइएको छ। यो समाचार गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।





Comments

comments

38872