नाम मात्रका कोभिड अस्पताल, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्।

सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति बिस्तार गर्न नसक्दा समस्या भएको हो। सात महिनाअघि तयार पारिएका कोभिड अस्पतालका संरचना संक्रमित सबा लाख पुग्न लाग्दा पनि उस्तै छन्।

तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका थिए। आइसोलेसनमा बसेका ती संक्रमितलाई बुधबार दिउँसो सास फेर्न गाह्रो भयो। परिवारका सदस्यले वडाअध्यक्ष रत्न कटवाललाई सम्पर्क गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा अक्सिजनसहितको बेड मिलाइदिन आग्रह गरे। कटवालले अक्सिजनसहितको बेडका लागि निकै पहल गरे तर पाइएन। प्रतिष्ठानबाट अक्सिजनसहितको बेड नभएको जानकारी पाएपछि विजयपुर अस्पतालबाट अक्सिजन सिलिन्डर घरमा ल्याएर दिइएका ती संक्रमितलाई राति सास फेर्न कठिन भएपछि प्रतिष्ठानमा लगियो। प्रतिष्ठानमा पु(याएको केही समयमै ती संक्रमितको मृत्यु भयो।

धरान १६ का करिब ६० वर्षीय संक्रमितलाई पनि बुधबार साँझ सास फेर्न गाह्रो भयो। प्रतिष्ठानको कोभिड अस्पतालमा लैजान परिवारजनले निकै कोसिस गरे। तर अस्पतालले बेड खाली नभएको जानकारी गरायो। ती संक्रमितको राति नै घरमा मृत्यु भयो।

त्यस्तै धरान १५ का ६८ वर्षीय पुरुष ४ दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसे। ती संक्रमितलाई पनि बुधबार दिउँसो सास फेर्न गाह्रो भयो। दिउँसो करिब ४ बजेतिर प्रतिष्ठानमा लगियो। त्यहाँ भेन्टिलेटरको त कुरै छाडौं, सामान्य बेडसमेत नपाएपछि ती संक्रमितलाई विराटनगर लगियो। ती संक्रमितको बुधबार राति नै कोसी कोडिभ उपचार केन्द्रमा मृत्यु भएको धरान १५ का वडाध्यक्ष नरेश इवारमले बताए।

फाइल फोटो

धरान ९ का वडाध्यक्ष कटवालले पनि संक्रमितको उपचारका लागि सामान्य बेडसमेत प्रतिष्ठानमा उपलब्ध हुन नसक्नु दुःखद भएको बताए। करोडौं खर्च गरेर लेभल थ्री अस्पताल बनाए पनि अक्सिजनसहितका बेड पर्याप्त व्यवस्था नगरेको भन्दै उनले आक्रोश पोखे।

संक्रमण तीव्र भएपछि धरान, इटहरीलगायत सहरमा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दो छ। स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना नपाउँदा घरमै ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ।

संघीय सरकारले बिपी प्रतिष्ठानलाई सुरुमा लेभल थ्री अस्पताल घोषणा गर्दै सोही अनुसार स्रोत, साधन तयार गर्न बजेटसमेट उपलब्ध गराएको थियो। प्रतिष्ठानले सय बेडको कोभिड अस्पताल बनाए पनि संक्रमित बढ्दै गएपछि त्यो पर्याप्त छैन। गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने बेड र उपकरण त्यहाँ छैन। सामान्य बेड पनि पाउन मुस्किल भएपछि संक्रमितले उपचार पाउने अवस्था छैन। अस्पताल पनि भद्रगोल अवस्थामा छ। अस्पताल सञ्चालन भएको ३ महिनामै नयाँ जडान गरिएका भेन्टिलेटर बिग्रिएका छन्। एक्स रे र एबिजी मेसिन पनि बिग्रिएको अस्पताल स्रोतले जनाएको छ। कोभिड अस्पतालका १० वटा भेन्टिलेटरमा ४ वटा मात्र सञ्चालनमा छन्। सय बेडको कोभिड अस्पतालमा भेन्टिलेटरबाहेक संक्रमितलाई पाइपबाट सीधै अक्सिजन दिने बेड जम्मा ९ वटा मात्र छन्।

कोभिड अस्पतालमा भर्ना भएकालाई पनि अक्सिजन चाहिँदा पालैपालो दिनुपरेको अस्पताल स्रोतले बतायो। ‘कोभिडका बिरामीका लागि अलग्गै अक्सिजन प्लान्ट अहिलेसम्म व्यवस्था भएको छैन, भेन्टिलेटरको त कुरै छाडौं, अक्सिजन बेड पनि पर्याप्त छैनन्,’ स्रोतले भन्यो, ‘लेभल थ्री अस्पताल भनेपछि सिरियस बिरामी ल्याएर उपचार गर्ने हो, सय बेडमा मात्र ९ वटामा अक्सिजन जोडिएको छ।’

प्रतिष्ठानमा आएका कोभिडका बिरामी व्यवस्थापन समन्वयकर्ता डा. इन्द्र लिम्बुले अक्सिजनसहितका बेड कम भएको विषयमा पदाधिकारीलाई जानकारी गराइसकेको बताए।

धरानका मेयर तिलक राईले प्रतिष्ठानका उपकुलपतिलाई पटकपटक आइसियू, भेन्टिलेटर थप गर्न आग्रह गरे पनि पहल नगरेको बताए। प्रतिष्ठानले सही रुपमा व्यवस्थापन नगर्दा समस्या भएको उनको भनाइ छ।

आइसियू नपाउँदा ज्यान गयो

अर्घाखाँचीबाट उपचारका लागि बुटवल ल्याइएका कोरोना संक्रमितको पनि उपचार नपाएर मृत्यु भएको छ। अर्घाखाँची भूमिकास्थान ९ का ७३ वर्षीय पुरुषको बुटवलका अस्पतालमा आयसियू बेड खाली नभएपछि बिहीबार बिहान दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। ती पुरुषलाई मंगलबार संक्रमण पुष्टि भएका बुधबार बुटवल ल्याइएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएका ती संक्रमितलाई आइसियू बेड खाली नभएकाले आइसोलेसन वार्डमै राखिएको थियो। स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि ती संक्रमितलाई बुधबार राति दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालमा रेफर गरिएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. विष्णु गौतमले बताए। दाङ लैजाने क्रममा बिहीबार बिहान पौने ८ बजेतिर ती संक्रमितको बाटोमै मृत्यु भएको जानकारी आएको गौतमले बताए।

बुटवलस्थित कोरोना अस्पतालमा उपचारत बुटवलकै एक महिलाको पनि बिहीबार बिहान मृत्यु भएको छ। बुटवल ७ कि ७० वर्षीया संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बिहीबार बिहान सबा ९ बजेतिर मृत्यु भएको डा. गौतमले बताए। गत २१ गते संक्रमण पुष्टि भएकी ती महिलामा उच्च ज्वरो र निमोनिया देखिएको जानकारी उनले दिए।

उपचारै नपाएर संक्रमितले ज्यान गुमाइरहँदा र लक्षणसहितका संक्रमित थपिइरहँदा पनि प्रदेश सरकारले अस्पतालको क्षमता बिस्तारमा भने ध्यान दिएकै छैन। चैतमा तयार गरिएका संरचनामा नै अहिलेसम्म काम चलाइएको छ। सुरुमा एक सय बेडको भनेर प्रचार गरिएको बुटवलस्थित कोरोना अस्पतालमा चारवटा भेन्टिलेटसहित १६ वटा आइसियू शड्ढया र ३२ वटा आइसोलेसन शड्ढया छन्। ती शड्ढया सबै भरिएका छन्। संक्रमितको उपचारका लागि भैरहवामा ५ शड्ढया आइसियू् र अन्य १७ शड्ढया छन्। तर त्यहाँ जनशक्ति नहुँदा संक्रमितले उपचार पाउन नसकेको चिकित्सक बताउँछन्। यो समाचार नागरिक दैनिकमा रोहित राई र रेखा भुसालले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38869