ओलीको नेपाललाई अफर, ‘खुमलटार धाउनुभन्दा मसँग मिलेर जाऔँ’

स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ।

दुई नेताबीच झण्डै सवा दुई घण्टा लामो छलफल भएको छ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरे । बालुवाटारनिकट स्रोतका अनुसार भेटमा ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका छन् । उनले दाहालनिवास खुमलटार धाउनुभन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने प्रस्ताव राखेको स्रोतको भनाइ छ।

नेपालनिकट नेताहरुका अनुसार ओलीले मिलेर जाऔँ भने पनि ओलीको तर्फबाट ठोस प्रस्ताव आएको छैन।

फाइल फोटो

नेकपाभित्र शक्ति संघर्षमा दाहाल र नेपाल एकै ठाउँमा देखिएपछि ओली र नेपालबीच दुरी बढेको थियो। पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर र राजदूत नियुक्तिमा पनि नेपालको असन्तुष्टि छ। कान्तिपुर दैनिकमा समाचार छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

38930