बढ्दै छ हेडसरमा पीएचडी ‘क्रेज’

केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो।

केही वर्ष यता विद्यालयका प्रधानाध्यापक अर्थात् हेडसरहरूमा समेत विद्यावारिधि ‘क्रेज’ देखिन थालेको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापकमा देखिन थालेको विद्यावारिधि आकर्षणले शिक्षाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्न सक्नेछ।

काठमाडौँको नीर वाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. जानुका पौडेलले नेपाल संस्कृत विश्वविद्यालयबाट साढे दुई वर्ष पहिले नेपाली विषयमा विद्यावारिधि पूरा गरेकी थिइन् । चितवनको भीमोदय माध्यमिक विद्यालयका प्रअ डा. हरिप्रसाद कँडेलले पनि व्यवस्थापन विषयमा पीएचडी उपाधि हासिल गरेपछि पनि विद्यालयलाई निरन्तर नेतृत्व गरेका छन् । यति मात्र होइन पीएचडी तहको उपाधि लिन विश्वविद्यालयमा आबद्ध हुने क्रम निकै बढेको छ । हालै मात्र काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रअ हेरम्बराज कँडेल त्रिभुवन विश्वविद्यालयबाट पीएचडीका अध्ययनका लागि औपचारिक रूपमा आबद्ध भएका छन्। यो क्रम पछिल्लो समय निकै बढेकोे छ।

फाइल फोटो

नील वाराही माविका प्रअ डा. पौडल आफूले पीएचडी उपाधि लिएपछि कक्षाकोठा, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकमा समेत यसले सकारात्मक प्रभाव पारेको अनुभव सुनाउँछन् । कक्षाकोठामा जिम्मेवारी थपिएको र अध्यापनको क्रममा समेत आत्मबल बढेको महसुस भएको उनी बताउँछन्। गोरखापत्र दैनिकमा समाचार छ।





Comments

comments

38958