कोरोनाले पोखरामा थप चार जनाको मृत्यु…

पोखरा: गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट आइतबार थप चार जनाको मृत्यु भएको छ।

-

योसँगै प्रदेशमा अलिहेसम्म मुत्यु हुनेको संख्या ६३ पुगेको छ।

मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीनतीन तथा म्याग्दीका दुई छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड-१९बाट पोखरा महानगरपालिकामा एक महिलासहित थप चार जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका -१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो।

त्यसै गरी पोखरा- २२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ०९ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ।

फाइल फोटो

कात्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएका कोभिड-१९ सहित निमोनियाको समस्या भएका उनलाई कात्तिक ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

पोखरा- ३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ। कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उनमा कोभिड-१९ सहित निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो।

त्यस्तै पोखरा- १५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति पोखरा प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। (रासस)





Comments

comments

39013