Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

५० हजार घुस लिने डिएसपी पक्राउ

काठमाडौं, ९ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित जग्गा खाली गराउन विपक्षीसँग घुस लिइरहेको अवस्थामा एक प्रहरी अधिकारीलाई पक्राउ गरेको छ।

राजधानीको मीनभवनस्थित उक्त जग्गाबाट जग्गाधनीलाई हटाउन ५० हजार रुपैयाँ घुस लिएको आरोपमा बिहीबार अख्तियार टोलीले महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी प्रमुख डिएसपी रमेश तामाङलाई नयाँबानेश्वरबाट पक्रेको समाचार नागरिक दैनिकमा छापिएको छ।

अख्तियार स्रोतका अनुसार लिलाम बढाबढमा जग्गा सकार्ने रामकृष्ण हुमागाईंले पहिल्यै अख्तियार टोलीलाई जानकारी दिएर तामाङलाई एभरेस्ट होटलमा बोलाएका थिए। हुमागाईंसँगै बसिरहेका बेला अख्तियार टोलीले पैसासहित तामाङलाई पक्राउ गरेको थियो।

मीनभवन क्याम्पसमा रहेको करिब २२ करोड रुपैयाँ बराबरको ७२ आना जग्गाको विवाद जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। भूमाफियाले आफूलाई झुक्याएर जग्गा नामसारी गराएको भन्दै जग्गाधनी गणेश अवालेले दायर गरेको मुद्दामा अदालतले अन्तिम फैसला नआएसम्म कुनै काम–कारबाही अगाडि नबढाउन आदेश दिएको छ।

सोही जग्गामा बसिरहेका अवाले परिवारलाई हटाउन हुमागाईंले नयाँबानेश्वर वृत्तमा निवेदन दिएका थिए। उनले आफूले दिएको निवेदन कार्यान्वयन नगरी कार्यालय प्रमुखले पैसा मागेको जानकारी गराएपछि अख्तियारकै योजनामा तामाङलाई पैसा लिन बोलाइएको थियो।





Comments

comments

3904