Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा यलेदुङ्ग निदुङ्ग

ईश्वर चाम्लिङ / एचकेनेपाल डट कम –
सम्भवत विश्व कै पुरानो सम्बत भनेर मर्यादित, पहिलो किराती राजा यलम्बर हाङ्गको प्रतिक किरात समुदायमा प्रचलित येले सम्बत ५०७५ लाई बेलायतमा भब्य मनाइयो।

किरात राई चाम्लिङ्ग खाम्बातिम बेलायतको आह्वानमा कार्यक्रम अति पृथक तथा संस्कारित ढाचाले किरात भूमि गेम्बल ल्याण्डमा सम्पन्न भएको थियो। किरात राई यायोक्खा बेलायतका प्रतिनिधी मानुस राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता खाम्बातिम बेलायतका अध्यक्ष पदम राईले गर्नु भएको थियो। कार्यक्रममा किरात राई पुमा तुम्खेवाका अध्यक्ष हर्क पुमा राई, संघिय समाज बेलायतका सल्लाहकार तथा संघिय समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य भगवान चाम्लिङ्ग, खोटाङ्ग सेवा समाज युकेका अध्यक्ष अशोक कुमार राई, सत्याग्रहका भेटरेन हिरो ज्ञानराज राई, किरात राइ यायोक्खा बेलायतका प्रेम राई, संस्कारविद जगत बहादुर राइ, संस्कारविद दिल बहादुर राई, सल्लाहकार रत्न राइ बुतेपाली, सल्लाहकार तेज बहादुर राई लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

बिहानैदेखि कार्यक्रमस्थल सेल रोटीको बास्नाले ढाकेको थियो। कार्यक्रम स्थल मै तयार गरिएको तरुल, मासु, गुन्द्रुकको अचार आदि किराती मौलिक परिकारले कार्यक्रमको सोभा बढाएको थियो। संस्थाको भाग्यवती राई, सिवानी राई लगायतका टिमले यस्ता मौलिक परिकार पकाउनमा बिशेष योगदान दिनुभएको थियो।

झलम राइद्वारा सन्चालित औपचारिक कार्यक्रम उपाध्यक्ष श्रीमती भाग्यवती राईको चाम्लिङ्ग भाषाको स्वागत मन्तव्यबाट शुरु भएको थियो। कार्यक्रमका विभिन्न बक्ताहरुबाट येले सम्बतको चर्चा परिचर्चा गरियो। करिब ६ बजे तिर कार्यक्रम समापन गर्दै अध्यक्ष पदम राईले आफ्नो पहिचान र इतिहास जोगाइ राख्न सबै मिलेर किरातीहरुको सबैभन्दा पुरानो पुर्खौली चिनो येले सम्वतलाई जोगाइ राख्नको लागि मनाउनु पर्ने कुरामा जोड दिनुभयो। अध्यक्ष राइले “येले दुङ्ग निदुङ्ग” को आह्वान हरेक साल चाम्लिङ्ग खाम्बातिमले गर्ने प्रतिवद्धता पनि जाहेर गर्दै सबैलाई निरन्तर सहभागीताको आग्रह पनि गर्नु भयो।





Comments

comments

3908