नेपालमा थप ३०५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

२० कात्तिक, काठमाडौं । नेपालमा विहीवार थप ३०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३,०६८ जनाको पीसीआर परीक्षण गर्दा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। त्यस्तै ३४३० जना विरामी निको भएर घर फर्केका छन्।

नेपालमा कोरोनाबाट २४ घण्टामा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म कोरोनाबाट १०५२ जनाको ज्यान गइसकेको छ।

नेपालमा कोरोना संक्रमितको संख्या १८५,९७४ पुगेको छ। १४८,४०८ जनाले कोरोना जितेका छन्।

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

39126