Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बारीमा गाडिएको डेढ करोड रूपैयाँ कुहिइएपछि

काठमाडाैं, १० माघ। मेगा बैंकबाट ठगी भएको दुई करोड नौ लाखमध्ये करिब डेढ करोड रुपैयाँ कुहिएको अवस्थामा फेला परेको छ। अभियुक्तहरुले खाल्डो खनेर जमिनमुनि लुकाएको अवस्थामा धादिङको सलाङबाट प्रहरीले उक्त रकम बरामद गरेको हो।

घटनाको एक वर्षपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी मेगा बैंक ठगी प्रकरणको रहस्य बाहिर ल्याउन सफल भएको छ। महानगरीय अपराध महाशाखाले गहन अनुसन्धान गर्दा बैंककै कर्मचारीको मिलेमतोमा उक्त ठगी भएको खुलासा छ। महाशाखाका प्रमुख एसएसपी पुस्कर कार्कीका अनुसार बैंकको कान्तिपथ शाखाका प्रबन्धक शम्भु थापा र धादिङ शाखाका पूर्वप्रबन्धक राजेन्द्र पाण्डेको योजना र मिलेमतोमा उक्त ठगी भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

महानगरीय अपराध महाशाखाले कान्तिपथ शाखाका प्रबन्धक थापासहित तीनजनालाई शुक्रबार सार्वजनिक गरेको छ। घटनाका दुई मुख्य योजनाकार पाण्डेका भाइहरु प्रवीण पाण्डे र प्रदिप पाण्डे छन्। मुख्य योजनाकार पाण्डे भने विदेशमा रहेको एसएसपी पुष्कर कार्कीले बताए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

3916