Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन्? – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन्?

विजय थापा / एचकेनेपाल डट कम –
माघ १०, डिसी। संविधान एक राजनीतिक दस्तावेज पनि हो। लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास मार्गमा अग्रसर गराउनु सबै राजनैतिक दलको परम कर्तब्य हो।

संविधानसभामा तोडफोड र अराजक व्यवहारको प्रदर्शनीले हाम्रो राजनैतिक संस्कार विश्व सामु उदांगिएको छ। पूर्व प्रतिबद्धताअनुसार संविधान नआउँदा सर्वसाधारणमा निराशा छाएको छ भने बिदेशमा बस्ने प्रवासीहरुलाई पनि त्यतिकै दुखित बनाएको छ। माघ ९ गते सूर्य झुल्कन साथ नयाँ लोकतान्त्रिक संविधान पाउने आशामा सुतेका प्रत्येक सर्वसाधारण दलको अर्कमण्यताका कारण फेरि पनि संविधान आउन नसकेकोले स्वाभिमानी नेपालीको आशा निराशामा परिणत भएको छ।

र, अमेरिकामा रहेका सबैको हालत त्यस्तै भए पनि अमेरिकामा बसोबास गर्दै आएका नेपाली कलाकारहरु पनि त्यतिनै दुखित भएको गुनासो पोखेका छन्। हामीले नेपालका ख्यातिप्राप्त कलाकारहरु गायक ,गायिका ,नायक ,नायिका ,चलचित्र निर्देशक तथा गीतकार संग माघ ८ गते संबिधान आउन सकेन र प्रतिक्रिया जान्ने प्रयास गर्दा जवाफ यस्तो पाईयो।

माघ ८ गते संबिधान तुहिएपछि नायक सरोज खनाल भन्छन ,संबिधान बन्छ भनि नेपाल जाने टिकट लिई सकेको थिए तर नबने पछि टिकट रद्ध गरे भनि हाकाहाकी जवाफ दिए भने यसै गरि अर्का नायक किरण केसीले हामी नेपाली अब उभो नलाग्ने भन्दै संबिधान नभएपछि जागर नआउने भन्दै दुवै नायकहरुले संबिधान छिटो बनाऊ भनि आक्रोश व्यक्त गरे।

डेढ महिनाको लागि अमेरिका पुगेका अभिनेता जीवन लुइँटेलले पनि संबिधान नआएकोमा दुख व्यक्त गर्दै हामी मर्माहत भएका छौ ,फेरी शान्ति र विकासमा तुसारोपात लागेको छ भन्दै संसार भरि कहिँ नभएको गाई जात्रे नेपालमा भन्दै आक्रोश पोखे।

हाल अमेरिकामा बसोबास गर्दै आएका पप सम्राट ओम बिक्रम बिष्टले संबिधान नआउदा दुख लागेको छ र नेपालीको लागि बिडम्बना हो भन्दै कुर्सिको खेलमा कतिसम्म घृणित खेल्न सकेको भन्दै चकित परेको बताए। साच्चै हामी नेपाली जनता लाटा र भेडा भनेको हो रहेछ भनि रिस पोखे।

हाल अमेरिका बसोबाद गर्दै अमेरिकाको डिसी क्षेत्रमा संगीत पाठशाला खोल्नु भएकी नेपालीकी वरिष्ठ गायिका मिरा राणाले भनिन् संबिधान नबन्नु सबै नेताहरुकै कारणले हो भनिन्। सबैले उनीहरुको चर्तिकला देखेको बताउदै अब कसरि जनतामा जाने त्यो समयले बताउने छ भन्दै आफू दुखित भएको बताईन्। यसै गरि नेपाली चलचित्रका निर्देशक बेनु प्रधान जस्ले तिलहरी ,देबकी ,दाजुभाई तथा पछ्यौरी जस्ता थुप्रै चलचित्र निर्देशन भै काम गरे उनले पनि दुख लागेको बताउदै संबिधान एकदम चाहिन्छ। जनताले ठूलो मौका दिए पनि राजनैतिक दलले यस्तो अवसर गुमाएको भन्दै मिलेर काम गर्न राजनैतिक दललाई ध्यानाकर्षण गराइन्।

यसै गरि अमेरिकामा बसोबास गर्दै आएका उनको लोकप्रिय गीत जिन्दगीको के भरोशा भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका गायक कर्ण दास भन्छन् नेता तथा राजनैतिक दलले व्यक्तिगत स्वार्थ भन्दा देशको सर्वोपरी कल्याणको लागि काम गर्न नसक्दा संबिधान नबनेको भन्दै आफू दुखित भएको बताए। गोर्खा घर भै हाल डिसी महानगर क्षेत्रको बाल्टिमोरमा बसोबास गर्दै आएकी गीतकार लिलु गुरुङ भन्छिन् संबिधान नआउदा दुख सबैलाई लाग्छ भन्दै हामी हाम्रो सोचमा कमि भएको कारण यसो हुन् पुगेको विचार राखिन्। गीतकार गुरुङको तरंग गीत अल्बम निक्कै लोकप्रिय रहेको थियो र अब छिट्टै संबिधान आउने चाहना राखेको बताईन्।

केहि समयदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी नेपाली चलचित्रकी नायिका उषा पौडेल दुख प्रकट गर्दै भन्छिन् संबिधान आएन दुख छ। कुर्सि तोडफोडले नकारात्मक प्रभाव परेको भन्दै संबिधान बनाउन सबै मिलेर काम गर्नु पर्छ। संबिधान हामीलाई चाहिन्छ। धेरै बर्षदेखि संबिधान लेखिएको छैन भन्दै झगडा र विवादले एक आपसमा भाई फुटे गवार लुटे हुनाले सबै कुरा त्यागेर सहमतिमा पुगे संबिधान बन्न कसैले रोक्दैन भनिन्।

यसै गरी, माघ ८ गते संबिधान बनेन र प्रतिक्रिया के छ भनि सवाल राख्दा नेपाली चलचित्रका निर्देशक शंकर घिमिरे भन्छन् हरेक क्षेत्रना एक आपसमा समर्थन र सहयोग चाहिन्छ भन्दै जहाँ पनि खुट्टा तान्ने प्रवृति भएकोले संबिधान नबनेको बताए। देशको हित भन्दा व्यक्तिगत र दलको स्वार्थमा केन्द्रित भएको कारण संबिधान बन्न नसकेको बताए।

अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी नायिका ऋचा घिमिरे भन्छिन जब सम्म बहुमतले देशको बारेमा सोच्दैन तबसम्म संबिधान बन्ने छाटकाट देखिदैन भन्दै हामी सबैको संस्कारमा अभाव र म मेरो भन्ने भावनालाई नत्याग्न सक्नुको कारण सहमतिको बिन्दुमा पुनग नसकी यस्तो दुर्घटना हुन् पुगेको बताईन्।

कलाकार राष्ट्रका गहना मात्र हैन अमुल्य सम्पति पनि हुन्। यिनीहरु पनि देशका एक जिम्मेबार नागरिक हुन् फरक यति छ यिनीहरुको पेसा कलाकारिता हो। यी सबै कलाकार संबिधान बनेको हेर्न चाहन्छन र माघ ८ गते संबिधान बन्न न सकेकोले यिनीहरु दुखित छ्न्। तर पनि मुलुक सदैब अनिर्णयको बन्दीको चक्रब्युहमा परि रहदैन होला भन्ने आशाको साथ नयाँ नेपालको नयाँ संबिधान बनोस् भन्ने चाहना राखेका छन्।





Comments

comments

3921