बाइडेनसामु समस्याको भारी

अमेरिका, जोए बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन्।

-

अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ– ‘यो निर्वाचनमा बाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुन्।’

एउटाको हारमा अर्काको जित त हुन्छ नै। यसलाई जे जसरी अर्थ्याए पनि सही नै लाग्छ तर सामान्यतः दोस्रो कार्यकालमा पराजय भोग्ने थोरै अभागी राष्ट्रपतिको सूचीमा ट्रम्पको नाम पनि समावेश भएको छ । अमेरिका विश्वको पहरेदार सिपाही भएका कारण बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि (जनवरी २०) देशभित्र र देश बाहिरका अनगिन्ती समस्यासँग जुध्नुपर्ने छ।

फाइल फोटो

अमेरिकी मूल्य र मान्यतामाथि धावा बोलिएको ट्रम्प कार्यकालको समीक्षा गर्र्दै यसको पुनरुत्थान वा वापसीमा विशेष जोड दिनुपर्नेछ । स्वतन्त्रता र न्यायको आदर्श परिभाषा स्थापित गर्नुपर्ने छ। भत्किएका जनविश्वास पुनः जागृत गर्नुपर्नेछ । देशभित्रको अहिलेको सबैभन्दा जल्दोबल्दो समस्या भनेको कोरोना भाइरसको आतङ्क नै हो। यसले करिब दुई लाख ३४ हजार अमेरिकी नागरिकको ज्यान लिइसकेको गोरखापत्र दैनिकमा खवर छ।





Comments

comments

39186