नियमित अन्तर्राष्ट्रिय हवाई उडानको तयारी

काठमाडौँ – सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ। सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारित गर्ने निर्णय गरेको हो।

फाइल फोटो

सीसीएमसी बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ।





Comments

comments

39183