नेपालबाट हङकङ आएका थप ६ जनामा कोरोना संक्रमण…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ नोभेम्बर। नेपालबाट मंगलवार हङकङ आएका थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।

यसअघि पनि नेपालबाट मंगलवार आरए फ्लाइड नं. ४०९ बाट हङकङ आएका ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो।

हङकङ सरकारले यात्रुसंगै कोरोना संक्रमित भित्रिएपछि नेपालबाट हङकङ हुने सबै उडानमाथि दुई हप्ताको लागि प्रतिबन्ध लगाएको छ।

फाइल फोटो

नेपालबाट अब यात्रुहरु नोभेम्बर १२ देखि नोभेम्बर २५ तारिखसम्म हङकङ आउन पाउंने छैनन्।

यसअघि पनि हङकङ सरकारले यही कारणले नेपालबाट हङकङको लागि हुने उडानमाथि दुई पटक प्रतिबन्ध लगाएको थियो।





Comments

comments

39240