Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अनुष्का बनिन् मिस टिन कलेज

काठमाडाैं, ११ माघ। यस वर्षको मिस टिन कलेज ताज काठमाडौं बाँसबारीकी १६ वर्षीया अनुष्का थापाले चुमेकी छन्। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा अन्तिम प्रतिस्पर्धामा उनले २१ प्रतियोगीलाई उछिनेकी हुन्। थापाले ‘बेस्ट ड्रेस’को उपाधि पनि उचालिन्।

फस्ट रनर अप काठमाडौं बागबजारकी १७ वर्षीया रिजु जोशी भइन्, सकेन्ड रनर अपचाहिँ जोरपाटीकी १९ वर्षीया प्रिया श्रेष्ठ। शीर्ष उपाधि जितेबापत थापाले स्कुटरसँगै विभिन्न उपहार पाइन्। जोशी र श्रेष्ठले पनि विभिन्न उपहारसँगै एयर होस्टज छात्रवृत्ति प्याकेज पाए।

प्रतियोगितामा ‘ब्युटिफुल आइज’को उपाधि सुजना रानाभाटले, ‘फेसबुक मल्टिमिडिया’को उपाधि निकिता श्रेष्ठले र ‘मिस पपुलर’ अवार्ड स्मारिका थापाले पाइन्। त्यस्तै, ‘मिस डिसिप्लेन’ सुनु तामाङ, ‘मिस फेन्डसिप’ छिरिङ डोल्मा पाखि्रन भइन् भने ‘बेस्ट वाक’को उपाधि सुनीता श्रेष्ठ, ‘मिस स्माइल’को उपाधि निशा आचार्यले, ‘मिस फोटोजेनिक’को उपाधि एञ्जिला रानाले र ‘मिस पर्सनालिटी’को उपाधि सुषमा विष्टले पाइन्। कलेजमा पढ्दै गरेका किशोरीहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि सिजन मिडियाले गत वर्षदेखि प्रतियोगिता सुरु गरेको समाचार कान्तिपुरमा छापिएको छ। प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।





Comments

comments

3935