राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणलाई खुला

काठमाडौं, मंसिर ७ । ऐतिहासिक नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा अवलोकनका लागि खुला भएको जानकारी गराएसँगै आइतबारबाट ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ।

शनिबारबाट खुला भएको औपचारिक घोषणा गर्दै पर्यटनमन्त्री भट्टराईले अब यस दरबारको इतिहासलाई आजीवन संरक्षण गर्नुपर्ने बताए।

फाइल फोटो

उनले इतिहासलाई जीवित राख्न सके मात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने बताए। राजधानी दैनिकमा खवर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39390