हङकङ सरकारले कोरोना संक्रमितलाई ५ हजार डलर बाँड्ने

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ नोभेम्बर। हङकङ सरकारले कोरोना संक्रमित प्रत्येक विरामीलाई ५ हजार हङकङ डलर वितरण गर्ने भएको छ।

खाद्य तथा स्वास्थ्य सचिव प्रोफेसर सोफिया चानले कोरोना भाइरस पोजेटिभ देखिएका प्रत्येक विरामीलाई ५ हजार हङकङ डलर अनुदान दिने बताएकी छन्।

फाइल फोटो

हङकङकी स्वास्थ्यमन्त्रीसमेत रहेकी चानले यस अनुदानले कम आय भएका बासिन्दाहरूलाई कोरोना परीक्षण गर्न प्रोत्साहित गर्न सक्ने बताइन्। केही समयपछि श्रम तथा कल्याण ब्यूरोले थप विवरण घोषणा गर्ने छ चानले भनिन्।

हङकङमा कोरोना भाइरसको संक्रमित दिनहूं बढ्दै जाँदा सरकारले यो योजना ल्याउंन लागेको हो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

39393