कोरोना बढेपछि हङकङका सबै विद्यालयहरु क्रिसमससम्म बन्द हुने….

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ नोभेम्बर। कोरोनाको चौंथो लहरसंगै हङकङमा जोखिम बढ्दै गएपछि सबै विद्यालयहरु क्रिसमसको विदा पछिसम्म बन्द गरिने भएको छ।

शिक्षा ब्यूरोले बुधवारदेखि क्रिसमसको विदासम्म सबै किन्डरगार्टेन, प्राथमिक र माध्यमिक विद्यालयका फेस टु फेस कक्षाहरु स्थगित हुने घोषणा गरेको छ।

क्रिसमसको विदा पछिसम्म विद्यालयहरुमा कुनै कक्षा हुने छैन, ब्यूरोले कोरोना भाइरस (कोभिड-१९) को वृद्धि भइरहेको जनाउंदै यस्तो घोषणा गरेको हो।

फोटोः 247 News TODAY

हङकङमा आइतवार थप ११५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। अगष्ट १ पछिकै यो सबैभन्दा उच्च संक्रमित संख्या हो।

हङकङमा कोरोना संक्रमितको संख्या ६,२३९ पुगेको छ। कोरोनाबाट हङकङमा १०९ जनाको ज्यान गइसकेको छ।





Comments

comments

39475