बीस मिनेटमै कोरोना परीक्षण

काठमाडौं, मंसिर १६ । सरकारले सोमबारबाट कोरोना भाइरस परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ।

कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

काठमाडौंँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिनेभएको छ ।

फाइल फोटो

डा पाण्डेका अनुसार काठमाडौंँ महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उनले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २०र२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने गोरखापत्र दैनिकमा खवर छ।





Comments

comments

39500