कोरोनाबाट नेपालमा थप २१ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

१६ मंसिर, काठमाडौं । नेपालमा मंगलवार थप १३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ५८३ जनाको पीसीआर परीक्षण गर्दा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

नेपालमा कोरोनाबाट २४ घण्टामा २१ जनाको ज्यान गएको छ भने अहिलेसम्म कोरोनाबाट १५२९ जनाको ज्यान गइसकेको छ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ। २ लाख १६ हजार ५९४ जनाले कोरोना जितेका छन्।

फाइल फोटो




Comments

comments

39503