Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मगर संघ कतारको वक्रा एरियाको पुर्नगठन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मगर संघ कतारको वक्रा एरियाको पुर्नगठन

बिजय मिरिङचिङमगर / एचकेनेपाल डट कम –
कतार। नेपाल प्रवासी मगर संघ दोहा कतारले जनवरी २३ तारिकका दिन अमृत रानामगरको सभापतित्व तथा तिल व.रोका मगरको सञ्चालनमा केन्द्रिय समितीका अध्यक्ष शरण थापामगरको प्रमुख आतिथ्यमा वक्रा एरिया समितीको बिशेष भेला गरी वक्रा एरिया पुनर्गठन गरेको छ।

कार्यक्रममा अतिथिहरु्मा केन्द्रिय समितीका प्रथम उपाध्यक्ष महेन्द्र थापामगर, केन्द्रिय कोषाध्यक्ष लिलम्वर चिदिमगर र दोहा एरिया समितिका कोषाध्यक्ष रबी पुलामी मगर हुनुहुन्थ्यो । उक्त भेलाले अमृत रानामगरको(गोर्खा) अध्यक्षतामा ९ सदस्यीय वक्रा एरिया समिती गठन गरेको छ । समितीको उपाध्यक्षमा तिल ब.रोका मगर (म्याग्दी), सचिवमा दिपक योक्याईमगर(मोरङ), सहसचिवमा अर्जुन ब. मगर( ), कोषाध्यक्षमा सुक्र ब.मगर (धनकुटा), सदस्यहरुमा कर्ण ब.सुसलिङ मगर(महोत्तरी) गरी नेपाल प्रवासी मगर संघ, वक्रा एरिया समिती दोहा कतार पुर्नगठन गरेको छ।

कार्यक्रमको औपचारिकतासँगै शुरु भएको उक्त भेलामा अतिथिहरुद्धय केन्द्रिय कोषाध्यक्ष लिलम्वर चिदिमगरले मगर संघ कतारले आर्थिक रुपमा के कति फड्को मारेको छ भन्ने जानकारी दिनु भएको थियो भने प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले यस संस्थाले विश्वमा रहेको मगर संघ संस्थाहरु संगको सम्वन्ध र नेपाल मगर संघ, केन्द्रिय समिती सँगको सम्बन्ध वारेमा प्रष्टाउनु भएको थियो।

मन्तब्य कै क्रममा प्रमुख अतिथी शरण थापामगरले संघको वर्तमान अवस्था बारेमा अनी मगर र मगर संघको बारेमा चर्चा गर्नुहुँदै वक्रा एरिया समिती शुरुवातदेखि नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना पनि दिनुभएको थियो भने अन्तमा सभापतिले धन्यवाद सहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो।

कार्यक्रमकै शिलशिलामा भेलाले समिती सर्बसम्मतले निर्वाचित गरेपछी प्रमुख अतिथी शरण थापामगरले निर्वाचित पदाधिकारीहरुलाई शपथ खुवाउनुभएको थियो। अन्तमा निर्वाचित समितीका अध्यक्षले मगर र मगर संस्थालाई अगाडी बढाउन वक्रा एरिया समिति संधै तदारुकता साथ लागी रहने बताउनु भएको थियो।





Comments

comments

3956