Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

देउजाको नेतृत्वमा प्रवासी नेपाली मञ्च न्युयोर्क कमिटीको गठन

सूर्य थापा / एचकेनेपाल डट कम –
न्युयोर्क, प्रवासी नेपाली मन्च अमेरिकाको न्युयोर्क राज्य कमिटीको अध्यक्षमा राधाकृष्ण देउजा चयन हुनुभएको छ। गत बर्ष देखि अमेरिकामा स्थापना भएको मन्चको आईतबार न्युयोर्कमा भएको भेलाले देउजाको नेतृत्वमा न्युयोर्क राज्य कमिटीको निर्माण गरेको हो।

प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष सन्जय थापाको प्रमुख आतिथ्य र एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीको बिषेश आतिथ्यतामा सम्पन्न भएको भेलामा अमेरिकाको बिभिन्न राज्यबाट प्रवासी नेपाली मन्चका कार्यकताहरु न्युयोर्क आईपुगेका थिए।

दुई चरणमा सम्पन्न भएको भेलाले राधाकृष्ण देउजाको अध्यक्षतामा १२ सदस्यीय कमिटीको निर्माण गरेको हो। सहमतीमा चयन भएको कमिटीको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा अशोक कार्की, सह सचिबमा कृष्ण आचार्य, कोषाध्यक्षमा बिनोद पोखरेल रहनुभएको छ भने सदस्यहरुमा सोमेन्द्र रन्जीत, अर्जुन सिंह, जयराम खड्का, दिपक भट्टराई, सुनिता शर्मा, अमृत श्रेष्ठ र श्याम लामा रहनुभएको छ। काभ्रे स्थायी घर भएका नब निर्बाचित अध्यक्ष देउजा नेपालमा रहंदा अनेरास्वीयुको राजनीतिमा सकृय रहनुभएको थियो।

हाल न्युयोर्कमा रहेर सुरक्षा बिषयमा अध्ययन गर्दै गरेका देउजाले आफूहरु अब न्युयोर्कमा रहेका अन्य नेपाली संघ संस्थासंग मिलेर नेपाली समुदायको हित र नेपालको परिर्बतनका पक्षमा आवाज उठाउने बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथी सन्जय थापाले प्रवासी नेपाली मन्चमा नेपालमा रहंदा एमालेमा काम गरेका साथीहरुको बाहुल्यता रहे पनि आफूहरु एमालेको भातृसंगठन नभई सामाजिक संस्था भएको बताउनुभयो।

अध्यक्ष थापाले आफुहरु सामाजिक संस्था भए पनि नेपालको परिबर्तन र नेपालीहरुको हितका लागि सदैब लागि रहने बताउदै प्रवासी नेपाली मन्च नेपालमा जायित राज्य हुनुहुदैन भन्ने कुरामा अडिग रहेको बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बिषेश अतिथि एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीले सबैलाई एनआरएनको सदस्यता लिन आग्रह गर्नुहुदै एनआरएन अमेरिका सबै संघ संस्थासंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो।





Comments

comments

3961