हरि लामिछानेको ‘साइन इन’ विमोचन

विजय थापा / एचकेनेपाल डट कम –
न्यु योर्क। ​आफ्नो दैनिक काममा व्यस्त भएर पनि युवा पुस्ताका गायक हरि लामिछानेले आफ्ना पहिलो साङ्गीतिक एल्बम “साइन इन” सरस्वती पूजाको अवसर पारेर न्यु योर्कको रिजवुडमा रहेको दुर्गा मन्दिरमा विमोचन गरेका छन्।

करिब दश वर्ष अघिदेखि सङ्गीत सिक्दै र गुन्गुनाउदै साङ्गीतिक यात्रा सुरु गरेका गायक लामिछाने दुई वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन्। नेपाली समुदायमा हुने विविध साङ्गीतिक कार्यक्रमहरूमा उनी आफ्ना साङ्गीतिक कला प्रदर्शन गर्दछन्।

राम तामांग, चर्चित ढुंगेल,छत्र लामा , सहदेव पौडेल र आफ्नै शब्दहरुमा गायक लामिछाने सङ्गीत भरेका गीतहरुलाई सुनिल बर्देवा, राजन इशान, विवश पौडेल र सन्नी गिलले एरेन्ज गरेका छन्। एल्बममा प्रमोद निर्वाणले एउटा गीतमा सङ्गीत गरेका छन्। “साइन इन”मा जम्मा ६ वटा गीतहरू समावेश छन्। यो एल्बम एसियन म्युजिकले बजारमा लेराएको हो।

सानो र आत्मीय कार्यक्रममा गुरु उद्धब शास्त्रीले मन्त्रोउचारण गर्दै उपस्थित अतिथिहरुको बिचमा विमोचन गीति एल्बम “साइन इन” ​को गरिएको थियो। कार्यक्रममा नेपाली अमेरिकन कलाकार सङ्घका अध्यक्ष गम्बु सेर्पा, साहित्यकार शकुन्तला ज्ञवाली, रिजवुड नेपाली समाजका सहकुल खत्री, भुवनेश्वर अधिकारी र सुनिल बुढाथोकीले बधाई एबम शुभकामना दिएका थिए।

कार्यक्रमको अन्त्यमा गायक लामिछानेले आफ्ना नयाँ एल्बमका गीतहरू सुनाएका थिए भने कार्यक्रमको संयोजन सहदेव पौडेलले गरेका थिए।







Comments

comments

3958
%d bloggers like this: