कोरोनाबाट पूर्वराजदूत लामाको निधन

काठमाडौं: कोरोना संक्रमणबाट पूर्वराजदूत कमानसिंह लामाको बुधवार राति निधन भएको छ।

कोरोना सङ्क्रमित ६९ वर्षीय लामाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा बुधबार राति १० बजे निधन भएको अस्पतालले जनाएको छ।

लामा मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी थिए।

लामा दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य थिए।

फाइल फोटो

२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका लामा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद भएका थिए।

काभ्रेपलाञ्चोकको साविक चौरी देउराली गाउँपालिका घर भएका लामा काठमाडौं ठमेलमा बस्दै आएका थिए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

39592