प्रचण्डलाई ओलीको नयाँ अफर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहाललाई बोलाएर ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई महत्व नदिए पनि हुने आशय ओलीले व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद धेरै लम्ब्याउन नहुने र एकले अर्कालाई अविश्वास गर्ने तहबाट ओर्लेर सहमतिको आधार तय गरौं भन्दै दाहाललाई सहकार्यको प्रस्ताव राखेका थिए । ओलीले पार्टीभित्र अनेकन समस्या रहेको बताउँदै तत्कालीन एमालेको समग्र पार्टीको संरचना अवस्था र नेताहरूको व्यवहारबारे पनि दाहाललाई जानकारी गराएका थिए।

फाइल फोटो

आफूहरू दुईजना मिलेपछि सबै विषय टुंगो लाग्छन्, पार्टी र नेता कार्यकर्ताको हित पनि यसैमा हुन्छ भनेर ओलीले सहकार्यको प्रस्ताव राखेका थिए । दाहालले मुन्टोमात्रै हल्लाएको केही नबोलेको स्रोतले बतायो। ‘प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव राख्दा दाहालले हाँसेर मुन्टोमात्रै हल्लाउनुभयो, प्रतिक्रिया दिनुभएन’, स्रोतले भन्यो। आजको नागरिक दैनिकमा समाचार छ।





Comments

comments

39589