Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष राईलाई कोरोना सङ्क्रमण… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष राईलाई कोरोना सङ्क्रमण…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ डिसेम्बर। हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष हेजेन राईमा कोरोना पोजिटिभ देखिएको छ।

युन लङमा बस्दै आएका राईलाई ज्वरोले च्यापेपछि पोक ओई अस्पतालमा मंगलवार साँझ पिसिआर परीक्षण गर्दा पोजिटिभ देखिएको हो।

राईलाई थप उपचारको लागि बुधवार बिहान ट्युन मुन अस्पतालमा भर्ना गरिएको महासङ्घकी पूर्व अध्यक्ष रीता गुरुङले सामाजिक सञ्जालमार्फत जानाकारी गराएकी छन्।

तस्वीरमा हेजेन राई र रीता गुरुङ। फोटोः रीता गुरुङको फेसबूकबाट

राईको परिवारलाई उदृत गर्दै अहिले राईको स्वास्थ्य अवस्था सामान्य रहेको गुरुङले बताएकी छन्।

विगत दुई हप्ता करीव डिसेम्बर २ तारिखदेखि राईको क्लोज कन्ट्याक्टमा रहेका सबैलाई कोभिड-१९ परीक्षण केन्द्र वा अस्पतालमा गएर पिसीआर टेष्ट गर्न गुरुङले अपिलसमेत गरेकी छन्।

हङकङमा कोरोनाको चौंथो लहरसंगै कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। अल्पसंख्याको रुपमा हङकङमा रहेका नेपालीसमेत कोरोनाको कहरबाट अछुतो रहेको छैन।

डिसेम्बर पहिलो हप्ता कोरोनाबाट हङकङमा एक नेपाली महिलाको मृत्यु भएको थियो।





Comments

comments

39652