– नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली…
– ओलीद्वारा ११ सय ९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति घोषणा
– ५५६ नयाँ केन्द्रीय सदस्यले लिए शपथ
– अर्कोतर्फ माधव नेपाललाई नेकपाको अध्यक्ष बनाउने तयारी
काठमाडौं, ७ पुष। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले मंगलवार बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई कारवाही गर्दै प्रवक्ताबाट हटाउने निर्णय गरेको छ। बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ।
ओलीले ११ सय ९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति घोषणा गरेका छन्। बैठकले महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ। ५५६ नयाँ केन्द्रीय सदस्यले आजै शपथ लिएका छन्।
स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले ओली समूहको बैठकमा स्वागत मन्तव्य दिंदै पार्टी फुटाउने अनैतिक काम गरेकाले आफूले प्रचण्डलाई साथ छोडेको बताएका छन्।
अर्कोतर्फ प्रचण्ड र माधव नेपाल पक्षको बैठकले ओलीलाई कारबाही गरी माधव नेपाललाई नेकपाको अध्यक्ष बनाएका छन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)