न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ डिसेम्बर। कोरोनाको चौंथो लहरसंगै जोखिम बढ्दै गएपछि हङकङका सबै विद्यालयहरु अर्को वर्षको जनवरी १० तारिखसम्म बन्द रहने भएको छ।
शिक्षा ब्यूरोले सबै किन्डरगार्टेन, प्राथमिक, माध्यमिक र विशेष विद्यालयका फेस टु फेस कक्षाहरु अर्को वर्षको जनवरी १० तारिखसम्म स्थगित गरिएको घोषणा सोमवार गरेको हो।
शिक्षा ब्यूरोले फेस-टु-फेस क्लास र स्कूल गतिविधिहरू निलम्बन गरे पनि बिद्यार्थीलाई घरबाट पढ्न र विभिन्न शिक्षण विधिहरूको प्रयोग गर्न विद्यालयहरूलाई स्मरण गराएको छ।
यो समाचार तयार पारुञ्जेलसम्म हङकङमा कोरोना संक्रमितको संख्या ८,२३८ पुगेको छ। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)