काठमाडौं । बेलायतमा हालै देखा परेको नयाँ भाइरसको भेरिएन्ट युरोपेली मुलुकहरुमा पनि देखा परेको छ।
नयाँ प्रकारको यो भाइरस दक्षिण अफ्रिका र बेलायतमा देखा परेकोमा हाल युरोपका कयौं राष्ट्रहरुमा पनि देखा परेको हो।
हाल यो भाइरस जापान, अष्ट्रेलिया, डेनमार्क, र नेदरल्याण्ड्समा पनि देखा परेको छ । फ्रान्सले बेलयतमा हालै देखा परेको नयाँ भाइरस आफनो देशमा पनि देखा परेको पुष्टी गरेको छ।
बेलायतबाट हालै फ्रान्स फर्केका ब्यक्तिमा नयाँ भाइरस देखा परेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरी स्पेन, स्वेडेन र स्वीट्जरल्याण्डमा हालै बेलायतबाट फर्केका ब्यक्तिहरुबाट यो भाइरस फैलिएको छ।
युरोपेली संघ इयुमा आवद्ध राष्ट्रहरुमा भाइरस नियन्त्रणका लागि धमाधम खोप लगाउन शुरु गरिएको छ।
कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको डब्ल्युएचओले पुष्टी गरेको छ।
यसैबीच फ्रान्स, इटली र स्पेनमा आजबाट खोप बितरण शुरु गरिेने भएको छ।
नयाँ प्रकारको भाइरसको यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ।
नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ। एजेन्सी