विदेशका नेपालीले लगाए कोरोनाविरुद्ध खोप…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

लण्डन । विदेशमा कोरोना भाइरस (कोभिड -१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ। गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ‘कोभिड – १९’ को संक्रमणमा परेका मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन्।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन्।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो।

कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ७ सय छ भने २ लाख ४९ हजार १ सय ३२ जना अर्थात ९६.७ प्रतिशत कोरोना भाइसरबाट मुक्त भएका छन्।

फाइल फोटो

विश्वभरका गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खोप

विदेशमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् । हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीहरुले कोरोना विरुद्धको खोप लगाइरहेको संघले जनाएको छ।

नयाँ प्रकारको भाइरसबाट बचौँ

बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै अहिले सर्वत्र चिन्ता बढेको छ । स्वास्थ समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन(उत्परिवर्तित) भएर अर्थात् त्यसको गुणहरुमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन(स्वरुप)हरु बनिसकेको अवस्था छ ।

हालसम्मको अध्ययनका अनुसार उत्परिवर्तित भाइरस पुरानो भाइरसको तुलनामा लगभग ७० प्रतिशत छिटो फैलिएको पाइएको छ । हाल लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा कोभिड–१९ लागेको ४५ देखि ७० प्रतिशत बिरामीमा यो उत्परिवर्तित भाइरस देखिएको छ । युरोपेली संघ अन्तर्गतका ८ मुलुकहरू सहित, केही अफ्रिकी मुलुकहरू पनि यो भाइरस तीब्र रूपमा फैलिएको पाइएको भन्दै समितिले अत्यावश्यक बाहेकका यात्रा नगर्न त्यहाँस्थित नेपालीहरुलाई अनुरोध गरेको छ।

डा सापकोटाका अनुसार हाल जति पनि खोप बनिरहेका छन् ती अन्तिम परीक्षणमा छन् । ती भ्याक्सिनले उत्परिवर्तित भाइरस विरुद्ध काम गर्छ कि गर्दैन भन्ने सर्वत्र चासो छ । यस्तो अवस्थामा स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको उहाँको भनाइ छ। विशेषत: केही युरोपेली मुलुकहरु र बेलायतमा हाल लकडाउन र कडा खालको प्रतिबन्ध लगाइएकोले पनि कुनै समस्या परे त्यहाँस्थित गैरआवासीय नेपाली संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्मा सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ।

संयोजक डा सापकोटाले भीडभाडमा नजान, जानु परे पनि दुई मिटरको दूरी कायम राख्न, बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउन र साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न सुझाव दिनुभएको छ।





Comments

comments

39793