पोखरामा भूकम्पको धक्का

एचकेनेपाल डट कम सम्वाददाता-
पोखरा, १७ माघ। पोखरामा शनिबार साँझ ७ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेशप्रसाद गौतमका अनुसार पोखरादेखि पश्चिम, उत्तर कास्की, पर्वत र म्याग्दी सिमा केन्द्रबिन्दु भएर ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको मापन गरिएको छ।

पोखरालगायत पर्वत, बागलुङ, म्याग्दीमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो। भूकम्पबाट धनजनको क्षतिबारै कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।





Comments

comments

3999