Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पत्याउनै नसक्ने महात्मा गान्धीका कुकृत्यहरु

काठमाडौं, १७ माघ। भारतका महान् नेता मोहनदास करमचन्द गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मात्र मुक्त बनाएनन्,विश्वलाई शान्ति र अहिंसाको पाठ सिकाए। त्यसैले उनलाई भारतले बापु, सन्त, राष्ट्रपिता तथा महात्मा गान्धीजस्ता उपनाम दियो। अहिले पनि गान्धी भारतमा गान्धीलाई सर्बाधिक सम्मान गरिन्छ। तर,गान्धीको जीवनबारे अनेक विवाद बाहिर आएका छन्।

उनीमाथि ७१ वर्षीय छोरा राजमोहन गान्धीले नै विवाहित हुँदाहुँदै पनि परस्त्रीसग आशक्त भएको र विवाह नै गर्ने खोजको आरोप लगाएका छन्। उनका छोराको अनुसार गान्धी सरलादेवीको प्रेममा थिए र उनलाई विवाह गर्न चाहन्थे। गान्धीकी श्रीमती कस्तुराभन्दा सरला निकै प्रतिभाशाली र बुद्दिमान थिइन्। उता, जेड उडम्सले सन् २०१० मा लेखेको पुस्तकमा गान्धी युवतीहरुसँगै नुहाउने र सुत्ने गरेको उल्लेख गरेका छन्। उनका अनुसार गान्धी आफ्नो आश्रममा रहेका विवाहिता व्यक्तिहरुलाई अलग रहन निर्देशन दिन्थे र यौन इच्छा हुनेवित्तिकै चिसोपानीले नुहाउन निर्देशन दिने गरेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

गान्धीले अहिंसा र शान्तिको कुरा गरे पनि उनीस्वयंले भने आफ्नै श्रीमतीलाई बारबार पिटेर हैरान पार्ने गरेका थिए। इतिहासकार जेड एडम्सले कैयौं वर्ष श्रीमतीसँग यौनसम्पर्क नगरेका गान्धीले बारम्बार आफ्नी श्रीमतीलाई पिट्ने गेको दाबी आफ्नो पुस्तक ‘गान्धी नेकेड एम्बिसन’ मा गरेका छन्। एडेम्सकै पुस्तकमा गान्धीले आफ्ना पितालाई सम्मान नगर्ने उल्लेख छ। उनका अनुसार पिता अन्तिम अवस्थामा हुँदासमेत गान्धी सेक्समा भुलिरहेका थिए। गान्धीले दुई बेलायती महिलासँग अध्यात्मिक विवाह गरेका थिए। यी दुवै गान्धीको आश्रममा बस्थे।

गान्धी आफ्नी १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे। आफ्नो इच्छा नियन्त्रित गर्न यसो गरेको गान्धीले आफ्नो आत्मकथामा पनि लेखेका छन्। तर,यसको व्यापक विरोध हुने गरेको छ। गान्धीले नवविवाहितालाई आफ्नो आत्मा पवित्र बनाएर ब्रह्मचार्य पालना गर्न निर्देशन दिन्थे। त्यतिवेला नै उनको यो विचारको विरोध भएको थियो। जवाहरलाल नेहरुले यसको विरोध गर्दै भनेका थिए– यो असामान्य तथा अप्राकृतिक कुरा हो। यस्तो हुनै सक्दैन।

गान्धीका छोराले उनलाई छाडिदिएका थिए। बाबुलाई छाडेसँगै उनले धर्म परिवर्तन गरेर इस्लाम बनेका थिए। जेड एडम्सले गान्धी बेलायती सेनामा संलग्न भएको पनि जनाएका छन्। उनले बेलायती सेनामा गान्धी सर्जेन्ट मेजर रहेको र युद्दमा राम्रो गरेकाले सरकारबाट सम्मान समेत थापेको दाबी गरेका छन्।

गान्धी हिटलरलाई बारम्बार पत्र लेख्ने गर्थे। उनले हिटलरको प्रशंसा गर्दै सफलताको कामना गरेर पत्र लेख्ने गरेको जेम्सले लेखेको पुस्तकमा उल्लेख छ। गान्धीले हिटलरलाई पत्र लेख्दै भनेका थिए– मलाई तपाईंको बहादुरी या देशभक्तिबारे कुनै सन्देह छैन। न त म तपाईंका बिरोधीले प्रचार गरेको झुटा कुरामा विश्वास गर्छु। साथै गान्धीले यहुदीलाई सामूहिक आत्महत्याको संकल्प लिने खतरनाक सल्लाह दिएका थिए। केही समयअघि बाहिर आएका चिठीले गान्धी समलिंगी थिए कि भन्ने आशंका जन्माइदिएको छ।





Comments

comments

3997