Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाछो बचाउन खोज्दा एकै परिवारका ३ को मृत्यु

पनौती १७ माघ। सुतिसकेपछि सल्केको आगोका कारण पनौती नगरपालिका १० सुन्थानस्थित खरिवोट, नागेचौरका एक परिवारको ओछ्यानमै निधन भएको छ। प्रहरीका अनुसार गाईलाई तातो बनाउन प्रयोग गरिएको मकलबाट आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धान गरिएको छ।

काठमाडौ विश्वविद्यालयको इलेक्ट्रिसीएन पदमा २०५५ सालदेखि कार्यरत सुन्थानका ३५ वर्षिय विनोद केसी, उनको श्रीमती ३२ बर्षिया भागिरथी केसी र ९ बर्षीय छोरा विपीन केसी ओछ्यानमै जलेका हुन्। ‘मध्यराति १२.४५ बजेको समयमा एक्कासी बाँस पड्किएको आवाज आयो, चोर आयो कि भनेर बाहिर निस्किएर हेर्दा विनोदको घरमा आगोको मुस्लो देखियो’–छिमेकी अष्टलाल श्रेष्ठले बताउनुभयो – ‘तुरुन्तै गाउँलेहरुलाई बोलाएर त्यहाँ पुग्दा विनोदको परिवार सुतेको कोठा आधा भन्दा धेरै जलिसकेको र बाँकी तीनवटा कोठामा आगो निस्कँदै गरिएको देखियो।’ ‘झ्याल पुरै बन्द भएकाले भित्र केहि देखिएन, झ्यालमा राखिएको प्लास्टिक तानेर हेर्दा विनोद, भागिरथी एउटै ओछ्यानमा र छोरा विपीन अर्काे ओछ्यानमा जलिरहेको देख्यौ’– छिमेकी प्रकाश श्रेष्ठले भन्नुभयो –‘मरिसकेको ठहर भएपछि बाँकी रहेका गाईहरुलाई बचाउने सल्लाह भयो, झ्याल फुटाउँदा फुटाउँदै गाईको बाछो ड्ड्यो, दुई गाई घाईते भए।’

प्रहरीका अनुसार बस्तुसहित एउटै घरमा बस्ने केसीको परिवार सामान्य खालको थियो। विनोद काममा जाने, छोरा कक्षा २ मा नमोबुद्ध उच्च माविमा अध्ययन गर्ने र भागिरथी २ वटा गाईको स्याहार सुसार गर्दै आएकी थिइन्। शालिनदी जान पनौती बसपार्क पुगेर पनि भागिरथी गाईकै कारण फर्किएको स्थानीयले बताए।

विहीबार दिउसो गाईले बाछो पाएको थियो। त्यहि गाइलाई तातो बनाउन राति १० बजेसम्म मकलमा आगो बालेर बसेको छिमेकीले देखेका थिए। १२ बजेसम्म लोडसेडिङ्ग थियो। बत्ति समेत नभएकाले बाछोलाई तातो बनाउन प्रयोग गरिएको मकल उनिहरुले कोठामा राखेको देखिन्छ।

त्यहि मकलको तातोका कारण कोठामा अक्सिजन नपुग्दा तीनैजना बेहोस भए लगत्तै मकलबाट कोठामा भएको अन्य कुनै सामान सल्कन पुग्दा उनीहरुको ओछ्यानमै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको छ।





Comments

comments

3984