Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बिग बोस ८ जिते गौतम गुलाटीले (भिडियोसहित)

विजय थापा / एचकेनेपाल डट कम-
माघ १८,डिसी। भारतीय लोकप्रिय कार्यक्रम बिग बोस ८ गौतम गुलाटिले बाजी मारेका छन्। आफ्ना निकटतम प्रतिस्पर्धी करिस्मा तन्ना र प्रितम सिंहलाई क्रमशः उछिन्दै उनले यो मौसमको बिग बस ८ जितेका हुन्। र यो जीतसंगै गौतम गुलाटीले पुरस्कार स्वरुप नगद भारतीय रु. ५० लाख र बिग बस पदकसमेत हात पारेका छन्। हेर्नुहोस् भिडियो

झण्डै १ सय ३० दिन भन्दा ज्यादा चलेको उक्त बिग बसको रोचक मोड त्यो बेला बन्न पुग्यो जब कार्यक्रमका अन्तिम उत्कृष्ट तीन प्रतिस्पर्धी गौतम गुलाटी, करिस्मा तन्ना र प्रितम सिंहलाई जनही पच्चीस लाख लिन प्रस्ताब राखिएको थियो। र प्रितम सिंह जो सशक्त प्रतिस्पर्धी थिए उनले पुरस्कार स्वरुप २५ लाख लिएर प्रतिस्पर्धा त्यागे। फलस्वरूप, अन्तिम प्रतिस्पर्धामा करिश्मा तन्नालाई भारी मतको फरकले बिग बस ८ को उपाधि गौतम गुलाटीले जित्न सफल भए।

प्रितम सिंहले पैसा लिएपछि करिश्मा तन्ना प्रथम उपबिजेता भएकी थिइन् भने अन्तिम पांचमा पर्ने अलि कुली मिर्जा र डीम्पि महाजन चौथो र पाचौ स्थान प्राप्त गरेका थिए। हेर्नुहोस् भिडियो

गौतम बिग बस घरमा अत्यन्तै चर्चित थिए भने भारतीय सर्वेक्षणमा उनी बिजेता हुन् सक्ने भारतीय संचार माध्यमले आंकडा देखाएका थिए। बिग बसमा ड्यानड्रासंग भएको प्रेम चर्चा निकै शिखरमा पुगेको थियो। अघिल्ला बर्षहरुमा सम्पन्न भएका सबै बिग बसको ईतिहास तोड्दै गौतम गुलाटी अत्यधिक मत पाउने पहिलो बिजेता बन्ने सौभाग्यशाली बन्न पुगेका छन्।

गौतम गुलाटी, भारतीय सानो पर्दाको धारावाहिक ‘दीया और बाती’ का कलाकार हुन् भने बिग बसमा आउनु भन्दा अगाडि उनलाई कमैले चिन्थे। भारतीय धारावाहिक ‘दीया और बाती’ मा मुख्य भूमिकामा नरहेका कारण गौतमले त्यो त्यागी बिग बसमा सहभागी भएका थिए।





Comments

comments

4001