Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आमिर खानको फिल्म ‘पीके’ को कमाई कति पुग्यो?

एजेन्सी। नेपालमा हिट भए भनिएका फिल्मले लगानीसमेत सुरक्षित गर्न मुस्किल परिरहेको हुन्छ। तर, त्यहीं छिमेकको बलिउडमा एउटै फिल्मले तीन सय प्रतिशतसम्म खुद मुनाफा गरेको छ। आमिर खान अभिनीत फिल्म ‘पीके’ ले छैटौं सातासम्मको कलेक्सनमा लगानी कटाएर त्यति धेरै प्रतिशत नाफा गरेको हो।

यो फिल्म मात्र ८५ करोड भारु लगानीमा बनेको थियो। तर फिल्मले स्वदेशबाटै तीन सय करोड ४० लाख भारु नेट कलेक्सन गरेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। हिट र फ्लप फिल्मको बजेट र कमाइको अनुपातमा निकाल्ने गरिन्छ।

यसरी हेर्दा पीकेलाई पनि कंगाना रनावत अभिनीत फिल्म ‘क्वीन’ ले जितेको छ। १३ करोड भारुको बजेटमा बनेको उक्त फिल्मले ६१ करोड कमाइ गरेको थियो। क्वीनको नाफा तीन सय ६९ प्रतिशत छ। जब कि दुई सय ३३ करोड भारुसहित सर्वाधिक कमाईमा दोस्रो स्थानमा रहेको फिल्म किकको लगानी नै एक सय १५ करोड भारु थियो।

अहिले सय करोड क्लब चल्तीमा छ। तर, उक्त क्लब प्रबेश गर्ने अधिकांश फिल्मभन्दा कम चर्चा पाएका फिल्म नाफा प्रतिशतमा अगाडि देखिएका छन्।





Comments

comments

4007