Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
शुरू भयो किसान क्रेडिट कार्ड – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

शुरू भयो किसान क्रेडिट कार्ड

कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ। कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो।

कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे । उद्घाटनको क्रममा उनले यो प्रविधिले किसानलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए।

राजधानीमा कृषि फर्म सञ्चालन गरिरहेका १५ जना ग्राहकबाट किसान क्रेडिट कार्ड वितरण गरेको कृषि विकास बैंकका सचिव तथा प्रवक्ता हेमलाल पौडेलले बताए । उनका अनुसार बैंकले पाइलट फेजको रूपमा काठमाडौंबाट शुरुआत गरेको र यसको प्रभावकारिता हेरेर पोखरा, विराटनगरलगायत क्षेत्रमा क्रमशः विस्तार गर्दै लगिनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आबद्ध गर्न किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप जारी गरेको बताए।

नमूना फोटो

यस्तो कार्ड उपयोग गर्न चाहने सबै किसानले यो सुविधा लिन पाउँछन् । तर, बैंकबाट कर्जा लिएका ऋणी किसानका लागि भने बढी सहज देखिन्छ । बैंकले सबै किसानलाई कार्ड जारी गर्ने भए तापनि धितो वा विनाधितोमा कृषि कर्जा स्वीकृत भएका ऋणीलाई यो कार्ड सजिलो पर्न जाने देखिन्छ।

बैंकले ब्याज अनुदानमा कृषि तथा पशुपक्षी व्यवसायका लागि जारी गरिएको सहुलियतपूर्ण कर्जामा मात्र विनाधितो कर्जा प्रवाह गरेको छ । बैंकबाट कर्जा लिएका ऋणीले स्वीकृत भएको कर्जाबाट रू.१ लाख रकमसम्म कार्डका लागि छुट्ट्याएर प्रयोग गर्न सकिने प्रवक्ता पौडेलले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन्।





Comments

comments

40148