Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आफ्नै पत्नीलाई नचिन्ने पुरूष

एजेन्सी – पत्नी मानिसको सबैभन्दा निकटको व्यक्ति हो। आवाज र गन्धले नै पत्नी नजिक आएको भेउ पाउनेहरु धेरै छन्। तर, बेलायतमा एक जना यस्ता मानिस छन्, जो आँखैअगाडि आइपुगेकी पत्नीलाई चिन्दैनन्।

पत्नीलाई नचिन्ने उनले अरुलाई चिन्ने त कुरै आउँदैन। उनी दृष्टिविहीन होइनन्, न त उनको मानसिक अवस्था नै कमजोर छ। ती व्यक्ति हुन, लन्डननिवासी डेनियल डेवलिन। फेस ब्लाइन्डनेसबाट ग्रस्त भएकाले उनी कसैको पनि अनुहार चिन्न सक्दैनन्। मेडिकलको दुनियाँमा यसलाई प्रोजोपापानियाजिया रोग भनिन्छ। नयाँ पत्रिकामा खबर छ, यो रोग लागेको व्यक्तिले कुनै पनि वस्तु राम्रोसँग देख्न सक्छ तर, चिन्न सक्दैन।

डेनियल पेन्टर हुन्। उनका दुई छोरी र दुई छोरा छन्। पत्नी तथा सन्तानलाई अनुहारबाट चिन्न नसकेपछि आवाज र हाउभाउको आधारमा उनीहरुलाई चिन्न खोज्छन्।





Comments

comments

4028