Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नक्कली डीआईजी बनेर २ लाख ९० हजार ठगी – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नक्कली डीआईजी बनेर २ लाख ९० हजार ठगी

काठमाडौं, माघ १९ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा दुई दिनअघि एक व्यक्तिले आमाबुवालाई कसैले अपहरण गरेको भन्दै उजुरी दिए। अपहरणसम्बन्धी अनुसन्धान गर्ने अधिकारीले उनका केही कुरा सुने। अनि ब्युरो प्रमुख नायब महानिरीक्षक (डीआईजीपी) हेमन्त मल्लको कार्यकक्षमा लगे। मल्ललाई पनि ती व्यक्तिले आफ्नो कुरा सुनाए।

तर प्रहरी अधिकृतसँग बाहिर निस्किएपछि उनले आश्चर्यजनक प्रश्न ती प्रहरी अधिकृतलाई सोधे ‘के उहाँ नै हो त ब्युरो प्रमुख ?’ ती अधिकारीले हो भनेपछि उनले दरबारमार्गमा सीआईबीको डीआईजी बताउनेलाई आफूले मुद्दा मिलाउन दुई लाख रुपैयाँ दिएको जानकारी दिए। उनले दरबारमार्गमा आफूले भेटेको डीआईजी र अहिले भेटेको व्यक्ति फरक परेको बताए। प्रहरी अचम्ममा परे।

खासमा के भएछ के भने, दुई युवाले ‘सीआईबी प्रमुखलगायत अन्यलाई चिनेको छु’ भनेर चितवनका कृष्ण गौतमको मुद्दा मिलाइदिने भन्दै २ लाख ९० हजार रुपैयाँ झ्वाम पारेका रहेछन्। बेलायत बस्दै आएका चितवनका गौतम तीन महिनाअघि बिहे गर्न नेपाल आएका हुन्। भक्तपुर लोकन्थली बस्ने उनको बिहेको एक महिना नपुग्दै सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेदपछि पत्नीले गौतमविरुद्ध कुटपिट र मानसिक यातना दिएको भन्दै महानगरीय प्रहरी वृत्त ठिमीमा मुद्दा दर्ता गरिन्।

प्रहरीले गौतमलाई थुन्यो। त्यही बेला उनका ससुराली पक्षले गौतमका बुवा-आमालाई चितवन लिएर गए। जग्गा आफ्नो नाममा नगरे छोरालाई छुट्न नदिने भन्दै चितवनको दुई कट्ठा १० धुर आफ्नो नाममा गराए। गौतमले त्यो कुरा प्रहरी हिरासतमा हुँदा नै थाहा पाए। तर, केही गर्न सकेनन्। त्यही बेला थुनामा रहेका रवि तामाङसँग उनको चिनजान भयो। तामाङले गौतमलाई आफूले नेपाल प्रहरीका एक पूर्वडीआईजी चिनेको भन्दै मुद्दा मिलाइदिने आश्वासन दिए। बाहिर निस्किएपछि सिन्धुपाल्चोक बाह्रबिसेका सोनाम लामालाई भेटाइदिए। लामाले आफू पूर्व डीआईजी भएको भन्दै उनको मुद्दाको सबै कुरा सुने।

यस्ता अपराधको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएकाले मुद्दा मिलाउन झन् सजिलो हुने आश्वासन दिएका थिए। उनले नामसारी भएको जग्गा आफ्नै नाममा, प्रहरी हिरासतमा बस्दाको क्षतिपूर्तिलगायत सबै व्यवस्था हुने आश्वासन पनि दिएका थिए। उनले त्यही दिन राष्ट्रपति कार्यालय नजिकको एउटा रेस्टुरेन्टमा गौतमसहितका उनका आमाबुवालाई लिएर गएका थिए। खासमा ब्युरोका डीअाईजीलाई भेटाउन लगेका लामाले आफूमात्र जान मिल्ने भन्दै रेस्टुरेन्टमा छाडेरभित्र छिरेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। भित्र प्रहरीलाई दिनुपर्ने भन्दै ९० हजार रुपैयाँ पनि साथै लगेका थिए। उनले सीआईबीको गेटमा गएर कुनै एक प्रहरी अधिकारीलाई केही क्षण भेटेको ब्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) पीताम्बर अधिकारीले बताए।





Comments

comments

4030