हङकङ कोरोना अपडेट : एयरपोर्ट रनवेमा कार्यरत थप ५ कामदारलाई कोरोना पुष्टि, ३००० कामदारले अनिवार्य भाइरस टेस्ट गर्नु पर्ने…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० जनवरी। हङकङमा २४ घण्टाभित्र थप २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,४०० पुगेको छ। सङ्क्रमितहरुमा २६ स्थानीय र २ आयातित रहेका छन्। जनवरी ६ पछिकै यो पहिलो कम सङ्क्रमित संख्या हो।

आयातितमध्ये अमेरिकाबाट आएका एक कार्गो एयरक्रू सदस्य र पाकिस्तानबाट आएका एक यात्री रहेका छन्।

आज पनि ४० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको छ।

संक्रमितहरुमध्ये २० पुराना केससंग संबन्धित छन् भने ६ जनाको संक्रमणको स्रोत खुलेको छैन।

आजको ताजा भिडियो समाचार हेर्नुहोस् 🙏

नयाँ स्थानीय सङ्क्रमितमध्ये याउ सिम मोङ जिल्लाका ८ जना रहेका छन्। जसमध्ये ५ जना यौ मा तेईको निर्दिष्ट क्षेत्रका रहेका छन्। शाम शुई पोमा भने नयाँ सङ्क्रमित थपिएका छैनन्।

स्थानीय समुदाय परीक्षण केन्द्रहरूमा १० जना सङ्क्रमित फेला परेका छन्। । कुल सङ्क्रमितहरूमा ७ महिनाका बच्चादेखि ८५ वर्ष उमेर बीचका ११ पुरूष र १७ महिला रहेका छन् ।

हङकङ अन्तर्राष्ट्रिय एयरपोर्टको तेस्रो रनवे निर्माण साइटमा काम गर्ने थप पाँच श्रमिकहरूमा कोरोना पोजेटिभ देखिएको छ। योसंगै यहाँको कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ।

त्यहाँ कार्यरत ३००० कामदारहरूले अनिवार्य भाइरस टेस्ट गर्नु पर्ने भएको छ।

समाचार अपडेट भिडियो

क्लिनिकमा कार्यरत नर्सलाई कोरोना पोजेटिभ देखिएपछि यो मा तेईको Dr.Raymond Lam private clinic Room 113A, Champion Building, 301-309 Nathan Road, Yau Ma Tei क्लिनिक १४ दिनको लागि बन्द हुने भएको छ। नर्सको क्लोज कन्ट्याकमा रहेकाहरुले अनिवार्य भाइरस टेस्ट गर्नु पर्ने भएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,३६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ८०१ जनाको उपचार भइरहेको छ। २८ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७८ पुगेको छ।

The third runway system. Photo: Airport Authority.
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40337