मोदीको ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली सम्पदा जोखिममा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा प्रचारित काशी विश्वनाथ करिडोर (मार्ग) परियोजनाका कारण बनारसमा रहेका ऐतिहासिक नेपाली सम्पदा जोखिममा परेका छन्।

ठूल्ठूला मेसिन जथाभावी चलाइँदा गंगा नदीको ललिताघाटस्थित साम्राज्येश्वर पशुपतिनाथ मन्दिर, धर्मशाला र वृद्धाश्रमलगायतका सम्पदामा क्षति पुगेको छ।

भारत सरकारले सन् २०१८ देखि काशी विश्वनाथ मन्दिरदेखि गंगा नदीसम्मको करिब सात मिटर क्षेत्रमा करिडोर निर्माण गरिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त परियोजनाको लागत करिब ६ सय करोड भारु रहेको छ।

फाइल फोटो

आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने भएकाले मोदीले यस परियोजनाप्रति विशेष चासो राख्ने गरेका छन् । करिडोर निर्माणका लागि करिब तीनसय पुराना घर भत्काइँदैछ । त्यही क्रममा नेपाली सम्पदामा पनि क्षति पुगको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ।





Comments

comments

40383
%d bloggers like this: