हङकङ कोरोना अपडेट : एकै पटक ४ ठाउंमा एम्बुस लकडाउन, ३४ सङ्क्रमित थपिए, १ को मृत्यु …

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,४८७ पुगेको छ। सङ्क्रमितहरुमा २९ स्थानीय र ५ आयातित रहेका छन्।

आयातितमध्ये इन्डोनेसियाबाट आएका २ जना घरेलु सहयोगी, १ फिलिपिन्सका, १ दुबई र १ जना नेपालबाट हङकङ आएका रहेका छन्। नेपालबाट आएका यात्रीमा कोरोनाको नयाँ प्रजाति देखिएको जनाइएको छ।

संक्रमितहरुमध्ये २१ पुराना केससंग संबन्धित छन् भने ८ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा २ महिनाका बच्चादेखि ८३ वर्ष उमेर बीचका १६ पुरूष र १८ महिला रहेका छन् ।

हङकङमा बीएनओ पासपोर्ट प्रतिबन्ध, भिडियो समाचार हेर्नुहोस् 🙏

आज पनि थप केही भवनहरुमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा
95-99, Cheung Sha Wan Road Sham Shui Po,
66-66A, Parkes Street, 63, Pok Fu Lam Road, 11-17 Fort Street North Point,
Block K of Tun Man House, Oi Man Estate Ho Man Tin,
Sing Fai Building, 8-12 Wilmer Street, Sai Ying Pun, Ka Wai Chuen Block 1 Ka Lei Lau, 8 Station Lane Tai Wan,
Block 13 Yat Man House in Ho Man Tin Estate etc. Block D Luk Yeung Sun Chuen रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,४७४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७६६ जनाको उपचार भइरहेको छ। २८ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट ८५ वर्षीया महिलाको मृत्यु भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८२ पुगेको छ।

समाचार अपडेट भिडियो

एकै पटक ४ ठाउंमा लकडाउन

सरकारले कोरोना नियन्त्रणको लागि एकै पटक ४ ठाउंमा एम्बुस लकडाउन जारी गरेको छ।

चिम सा चुई, यो मा तेई, काउलून सिटी र युन लङमा निषेधित क्षेत्र घोषणा गरी एम्बुस लकडाउन जारी गरेको हो।

Tsim Sha Tsui
Majestic House 80 Nathan Road,
Yau Ma Tei
No. 142-148 Reclamation Street, 59A, 59B, 59C Public Square Street, 150-160 Reclamation Street No. 2A and No. 2A in Wing Sing Lane
Yuen Long
Ho Choi Building, No. 42-58A On Hing Street,
Kowloon City
Loong King Mansion at 23-35H Ma Tau Wai Road

माथि उल्लेखित ठाउंहरुमा मंगलवार विहानसम्मको लागि लकडाउन जारी गरेको हो। त्यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने जनाइएको छ।

Photo: TRTWORLD




Comments

comments

40398