आहा ! रारा गोल्ड कपको तयारी पुरा

आहा ! रारा गोल्ड कपको तयारी पुरा
उद्घाटन खेलमा आयोजक सहारा र नव जन जागृती प्रतिष्प्रर्धा गर्ने

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा १८, माघ। पोखरामा यही माघ २० गतेदेखि संचालन हुन लागेको १३ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७१ को तयारी पुरा भएको छ। मोफसलकै चर्चित उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भएको आयोजक सहारा क्लवले आईतबार पोखरामा आयोेजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

बाह्र दिने उक्त प्रतियोगितामा दुई विदेशीसहित १२ टिमको सहभागिता रहने भएको महासचिव केशव बहादुर थापाले बताए। हिमश्री फुड्सको मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगितामा वेलायतको अल्ड्ररसट टाउन फुटवल क्लव र भारतको कन्चङजंगा फुटवल क्लव तथा नेपालमा एडिभिजनका क्लव सहितको सहभागिता रहने भएको उनले जनाए।

फागुन २ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव, थ्रि स्टार क्लव, विभागिय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, त्रिभुवन आर्मी क्लव, झापा एघार फुटवल क्लव, रुपन्देहिको जगदम्बा लुम्बिनी फुटवल क्लव, कैलालीको सुदुरपश्चिमाञ्चल फुटवल क्लव, सिमराको नव जन जागृती युवा क्लव र आयोजक सहारा क्लव सहभागि हुने भएको थापाले जनाए। माघ २० गते हुने उद्घाटन खेलमा भने आयोजक सहारा क्लव पोखरा र सिमराको नव जन जागृती युवा क्लव विच खेल हुने भएको महासचिव थापाले बताए।

प्रतियोगिामा विजेता हुने टिमले उपाधिसहित ३ लाख ५१ हजार, उपविजेता टिमले २ लाख १ हजार साथमा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको छ। साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एक थान टि.भि.एस. मोटरसाईकल प्राप्त गर्ने भएको छ। प्रतियोगितामा उत्कृष्ट टिम कोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेण्डर, फेयर प्ले टिमलाइ पुरष्कारको व्यवस्था गरिएको छ । उनीहरुलाई जनहि १० हजार पुरस्कार प्रदान गरीने भएको छ भने सर्वाधिक गोलाकर्ताले भने १५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ। प्रत्येक खेलमा सहारा युकेद्धारा प्रायोजित मेन अफ दी म्याचको ट्रफी प्रदान गरीने भएको छ । सर्वाधिक गोल कर्ताको पुरस्कार पोखरा उद्योग बाणिज्य संघ, पाँच विधाका पुरस्कार प्रायोजन पृथ्बीराजमार्ग बस संचालक समिति, इमोन क्याफेले फेयर प्ले टिमको पुरस्कार प्रायोजन गर्ने भएका हुन्। मोटरसाईकलको प्रायोजन भने सहारा युके र टि.भि.एस रहेका छन्।

सहारा एकेडेमीको सहयोगार्थ पोखरा रङ्गशालामा संचालन हुने लागेको उक्त प्रतियोगिताबाट यस बर्षदेखि क्लवले रंगशालाको फुटवल मैदान संरक्षण एवं मर्मतको लागि प्रबेश टिकटबाट एक रुपैया सहयोग गर्ने घोषणा गरेको छ। फुटवल मैदानको संरक्षण तथा सम्बद्र्धन गर्न क्लवले यस यस बर्षको आहा रारा गोल्ड कपमा टिकट काटेर फुटवल हेर्न पुगेका प्रति दर्शको एक रुपैया मैदानको लागि सहयोग गर्ने भएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए। ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको शहरका रुपमा स्थापित गरौं’ भन्ने नाराका आयोजना हुने प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी संचालन गरीर्दैै आएको आचार्यले बताए । एकेडेमिमा हाल कठिन परिस्थिति एवम विपन्न वर्गका १२ जिल्लाका २१ जना बालहरुहरु सहभागि भएका छन । प्रतियोगिताले फुटवल खेलको विकासका एवम नयाँ प्रतिभावान खेलाडिहरुलाई अवसर दिने भएको आचार्यले विश्वास व्यक्त गरे । सो प्रतियोगिताले पोखराको आन्तरीक तथा बाह्य पर्यटन प्रवद्धनमा टेवा पुग्ने क्लवले विश्वास लिएको छ । प्रतियोगिता सम्पन्न गर्न ७३ लाख ३४ हजार एक सय खर्च लाग्ने अनुमान गरीएको छ भने प्रतियोगिताबाट ९५ लाख ९७ हजार आम्दानी गर्ने लक्ष्य राखिएको महासचिव थापाले बताए।


म्याच मनि

आहा रारा गोल्ड कपमा सहभागि भएर एक खेल खेलेको खण्डमा कुनै पनि टिमले म्याच मनि प्राप्त गर्ने भएको छ। प्रि–क्वाटरफाईनल खेलमा जितेको टिमले १५ हजार र पराजित भएको टिमले भने १० हजार प्राप्त गर्ने भएको हो। क्वाटरफाईनलमा जित हासिल गरेको टिमले २० हजार र पराजित टिमले १५ हजार प्राप्त गर्ने भएको सहारा क्लवले जनाएको छ । सेमिफाईनल विजेता तथा उपविजेतालाई जनहि २५÷२५ हजार म्याच मनि दिने भएको क्लवले जनाएको छ।

यसै विच पत्रकार सम्मेलनको अवसरमा सहारा एकेडेमीको अक्षयकोष स्थापना गर्न तथा आहा रारा गोल्ड कपको लागि रकम हस्तान्तरण समेत गरीएको छ। सहारा युकेका बखत गुरुङ र चन्द्रकला गुरुङबाट अक्षयकोषको लागि ५० हजार सहयोग हस्तान्तरण गरीएको छ। हङकङमा रहेका अधिवक्ता देव गुरुङले आहा रारा गोल्ड कपलाई पठाएको ५१ हजार १ सय रुपैया रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरे। पुरुषेतम रेग्मीले आफ्नो छोरा रुपक रेग्मीको स्मृतीमा २५ हजार ५ रुपैया क्लवलाई सहयोग गरे। रेग्मीका सहयोगी सरोज बरालले उक्त रकम क्लवलाई हस्तान्तरण गरेका हुन्।

यसै विच, सगरमाथा आरोहण गर्ने तयारीमा रहेका एचआईभि संक्रमित गोपाल श्रेष्ठलाई एक लाख ८२ हजार सहयोग हस्तान्तरण गरीएको छ । तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले संक्रमीत श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन । उक्त रकम प्रकाश गुरुङ, ज्ञानबहादुर रोक्का, तमु धिं युकेको टोलीबाट संकलन भएको गुरुङले बताए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4043