Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लण्डनमा येलेदुङ् ५०७५

टिकाधन राई / एचकेनेपाल डट कम-
किराँत नयाँ वर्ष येलेदुङ् ५०७५ / माघे संक्रान्तिलाई किराँत राई यायोक्खा उपशाखा लन्डनको आयोजनामा लन्डनस्थित हेरो बरो फुटबल क्लब परिसरमा हालै भव्यताका साथ सम्पन भएको छ।

संस्थापक तथा किराँत ऐतिहासिक प्रथम राजा यलम्बरहाङ्को सम्मनमा प्रमुख अतिथि तथा लन्डन समितिका संस्थापक मेजर श्री मानबहादुर राईज्यू र विशेष अतिथि किराँत राई यायोक्खा केन्द्रिय कार्यसमितिकि पूर्वअध्यक्ष श्री सुमाया राईज्यूले पानसमा दिप प्रज्वलन गरि समुद्घाटन गरिएको थियो। यसका अतिरिक्त संस्थाका दुवै नेत्रबाट देख्न करिब नसक्नु हुने श्री जयबहादुर राई ज्यूको हात बहुलीबाट माघे संक्रान्तिको इच्छुक महानुभावहरुले फलाहारको टिका ग्रहण गरेका थिए| तत् पश्च्यात सुम्निया पारुहाङ् युवा समुह द्वारा अतिनै कर्ण प्रिय तथा लोकप्रिय संस्कृतिक कार्यक्रम प्रस्तुति गरि अझ कार्यक्रमको रोनाक बढेको थियो।

संस्कृतिक फाँटमा सहभागीहरूले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। नृत्य प्रस्तुत गर्नेहरूमा युवा लिडर सन्तोष राईकी सानी छोरीहरु नेवा राई,हाङ्मा राई र साना बालक र्यान राई, साया राई ,”हेल्पिङ् यु” युवा समुहको तर्फबाट नृत्यकारहरु ऐलिना पुन, डिना तामांग, सुशीला पुन, बुद्धि सारूमगर उमेश थाजाली, सुबाश पुन,रिता थाजाली र लातिता गुरुङ थिए|

त्यस्तै गरी गायनतर्फ अन्जु राई ,होन्स्लो निवासी युवा आशलाग्दा प्रतिभाका प्रखर गायक डीके राई, आफ्नै सारंगीको साथमा दिप राई साथै युगल गायन तर्फ संस्थाकी सचिव अप्सरा राई र सदस्य सहायक सचिव पुरषोत्तम राईले माछी मारन हौ दाई/ बहिनी……छैन नि ढडिया कसो गरुनी..बोलको गीतले निकै रौनक थपेको थियो। संस्थाले दार्जिलिंग इनद्वारा स्वादिष्ट भोजन व्यापस्थापन गरेको थियो भने सेल रोटी र फलाहार संस्थाकी सचिव अप्सरा राई र कोषाध्यक्ष खिमकला राईले प्रवन्ध गर्नु भएको थियो। पिउने पदार्थ कार्यक्रम परिसरको बार भित्रै व्यवस्था गरिएको थियो।

स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष शान्ताकला राईले दिनु भएको थियो भने संस्थाकी सचिव अप्सरा राईले औपचारिक कार्यक्रम संचालन गरेकी थिइन् र बाँकी संस्कृतिक कार्यक्रम सुम्निमा पारुहाङ् युवा समुहको सामुहिक पहलमा संचालन भएको थियो| उक्त समूहका उद्घोषक र उद्घोषिकामा क्रमशः सुम्निमा पारुहाङ् समूहकी सचिव साङ्नुमा राई, भावना राई र योजन राई हुनुहुन्थ्यो।

श्री टिकाधन राईको अध्यक्षतामा उक्त कार्यक्रम सल्लाहकार ज्यूहरुसहित विभिन्न संघ सस्थाका अथिति ज्यूहरुका साथै प्रमुख अतिथिमा संस्थाका संस्थापक/ सेवा निबृति मेजर श्री मानबहादुर राई र विशेष अतिथिमा किराँत राई यायोक्खा केन्द्रिय कार्य समितिकी पूर्वअध्यक्ष सुमाया राई ज्यू हुनुहुन्थ्यो। कार्यक्रम स्थल अधिकतम उपस्थितिकासाथ बडो हर्सौल्लासमय तरिकाले सफल भएको थियो। कार्यक्रम करिब बेलुकी ७ बजे शुरु भै ११:३० बजे समापन गरिएको थियो।





Comments

comments

4046