हङकङ कोरोना अपडेट : ४२ सङ्क्रमित भेटिएपछि यो मा तेईमा फेरि लकडाउन, २२ सङ्क्रमित थपिए, नेपालबाट आएकालाई कोरोना…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ फेब्रुवरी। सरकारले कोरोना नियन्त्रणको लागि आज पनि यो मा तेईमा एम्बुस लकडाउन जारी गरेको छ। १४ दिनभित्र ४२ जना सङ्क्रमित भेटिएपछि यो मा तेईमा फेरि निषेधित क्षेत्र घोषणा गरी एम्बुस लकडाउन जारी गरेको हो।

पीट स्ट्रीटमा मात्र २२ जना कोरोना सङ्क्रमित भेटिएका छन्। ३ जना सिजन मेन्सनमा, ४ जना अर्किड कोर्टमा, १ जना शुन फुङ्ग बिल्डिङ र १२ जना शुन आन बिल्डिङमा कोरोना सङ्क्रमित फेला परेको जनाइएको छ।

पीट स्ट्रीटमा लकडाउन गरिएको यो दोश्रो पटक हो।

लकडाउनमा परेका भवनहरुः

No. 7A-27A Pitt Street
No. 2-50 Tung On Street
No. 833-889 Canton Road
No. 10-16 Dundas Street

माथि उल्लेखित ठाउंहरुमा शुक्रवार विहानसम्मको लागि लकडाउन जारी गरेको हो। त्यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने जनाइएको छ।

२२ सङ्क्रमित थपिए

हङकङमा २४ घण्टाभित्र थप २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,५५३ पुगेको छ।

संक्रमितहरुमध्ये १९ स्थानीय र ३ जना आयातित रहेका छन्। आयातित संक्रमितमध्ये १ जना नेपालबाट आएका, १ जना रसिया र १ जना ब्राजिलबाट हङकङ आएका रहेका छन्।

संक्रमितहरुमध्ये ९ पुराना केससंग संबन्धित छन् भने १० जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा ९ वर्षदेखि ९१ वर्ष उमेर बीचका १४ पुरूष र ८ महिला रहेका छन्।

आज ३० जनामा कोरोनाको प्रारम्भिक लक्षण देखिएको छ।

३ जना सङ्क्रमित २ जना यो मा तेई र १ जना युन लङ कम्युनिटी सेन्टरमा फेला परेका छन्।

हङकङमा बीएनओ पासपोर्ट प्रतिबन्ध, भिडियो समाचार हेर्नुहोस् 🙏

….. ….. ….

एयरपोर्ट थ्री रनवे सिस्टम निर्माण साइटको संक्रमित कामदारको नजिकको सम्पर्कमा रहेका १ जनामा कोरोना पोजेटिभ देखिएको छ। यससंगै यो समूहको कोरोना सङ्क्रमितको संख्या २२ पुगेको छ। १४ जना कामदार र ८ जना उनीहरुको नजिकका सम्पर्कमा रहेका रहेका छन्। थप १ जना कामदारमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,६८४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६३० जनाको उपचार भइरहेको छ। २६ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट थप एक ७८ वर्षीय पुरुषको ट्युन मुन अस्पतालमा मृत्यु भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८५ पुगेको छ।

File Photo: TRTWORLD
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40463