कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने, फेब्रुअरी अन्तिमबाट वितरण

नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ। कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ।

कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ।

कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएका हुन् । नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको हो । विश्व स्वास्थ्य संगठनको पहलमा यूरोपेली आयोग र फ्रान्सले स्थापना गरेको ‘वान वल्र्ड प्रोटेक्टेड’ कार्यक्रमको अङग कोभ्याक्स हो।

कोरोनाविरुद्धको खोपमा सबै राष्ट्रको पहुँचका लागि कोभ्याक्सले करिब २४ करोड खोप आष्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गर्ने खोप खरिद गर्ने सम्झौता गरेको छ । उक्त खोप एशिया क्षेत्रमा भारतको सिरम इन्स्टिच्युटले आपूर्ति गर्दैछ । ‘ग्लोबल अलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन’(गाभी)ले नौ करोड ६० लाख खोप आष्ट्राजेनेकासँग पूर्ब सहमति बमोजिम उपलब्ध गराउनेछन्।

फाइल फोटो

त्यसैगरी, कोभ्याक्स कार्यक्रम अन्तर्गत नै जर्मनीको बायोएनटेक र फाइजरले समेत खोप आपूर्ति गर्नेछ । उक्त खोपको परिमाण थोरै मात्रै छ।

कोभ्याक्सले कोभिड १९ को जोखिममा रहेका विश्वका करिब तीन प्रतिशत जनसंख्यालाई ध्यानमा राखेर उक्त खोप कार्यक्रम चलाउने जनाएको छ। आगामी छ महिनाभित्रै सबै राष्ट्रमा पहिलो चरण अन्तगर्त तीन प्रतिशत जनसंख्यामा खोपको पहुँच हुने उसले उल्लेख गरेको छ।

कोभ्याक्सको खोप अभियानमा कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको राष्ट्रलाई मात्रै उक्त अभियानमा सहभागी गराइनेछ। आजको गोरखापत्र दैनिकमा समाचार छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

40479